काठमाडौं- युरोपियन एसयूभी स्कोडा कुशाकले नेपालमा एक वर्ष पूरा गरेको छ। एमएडब्लू स्कोडाले गत वर्ष साउनमा कुशाकलाई सार्वजनिक गरेको थियो।
यसको ड्राइभिङ डाइनामिक्स, लुक्स, पर्फर्मेन्स, कम्फोर्ट र थ्रिलिङ टिएसआई इन्जिनका कारण स्कोडा नेपालले सार्वजनिक भएको १५औँ दिनमा ७५ वटा युनिक कुशाक एकै दिन डेलिभरी दिन सफल भएको कम्पनीले जनाएको छ।
कुशाक सार्वजनिक भए यता नेपालमा स्कोडाको बिक्री गत वर्षले भन्दा ५६० प्रतिशतले बढेको छ। एक वर्षमा चार सय युनिट बिक्री भएको स्कोडा कुशाकको मार्केट सेयर आफ्नो सेग्मेन्टमा १८ प्रतिशत रहेको कम्पनीले उल्लेख गरेको छ।
“नेपालमा लन्च भएपछि कुशाकले स्कोडा ब्रान्ड र नेपाली अटो क्षेत्रमै आफूलाई सेग्मेन्टलाई परिभाषित गर्ने एसयूभीका रूपमा उभ्याउन सफल भएको छ,” स्कोडा एमएडब्लुका कार्यकारी निर्देशक रौनक अग्रवालले भने, “कुशाकलाई माया गर्ने र स्कोडा ब्रान्डसँग बलियो सम्बन्ध स्थापित गर्ने सबै ग्राहकसँग कुशाकको एक वर्षे कोशेढुंगालाई मनाउन पाउँदा हामी हर्षित छौँ । कुशाकलाई माया गर्ने सबैप्रति हामी आभार व्यक्त गर्न चाहन्छौँ।”
स्कोडा कुशाक एम्बिसन, एक्टिभ र स्टाइल गरी तीन ट्रिम अनि क्यान्डी ह्वाइट, ब्रिलियन्ट सिल्भर, कार्बन स्टिल, हनी ओरेन्ज र टर्नेडो रेड गरी पाँच कलरमा उपलब्ध रहेको छ । नेपालमा स्कोडाको मूल्य ४९ लाख ९० हजार देखि ७१ लाख ९० हजार रूपैयाँसम्म रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।