काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एपोलो डाइग्नोस्टिक केन्द्रबीच सम्झौता भएको छ। सिटिजन्स बैंकको कार्डहरूलाई विशेष छुट दिने सम्झौता भएको हो।
उक्त सम्झौता अनुसार बैंकका कार्डहरूले एपोलो डाइग्नोस्टिक केन्द्रका विभिन्न स्वास्थ्य सम्बन्धी जाँच र हेल्थ प्याकेजहरूमा १५ प्रतिशतलसम्मको छुट पाउने बैंकले जनाएको छ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास लिएको बैंकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।