काठमाडौं– नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाणले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसँग भेट गरेका छन्। खाणले बोहोराटारस्थित निजी निवास पुगेर पौडेलसँग भेट गरेका हुन्।
पौडेलको निवास बोहोराटारमा भएको भेटमा समसामयिक राजनीति र पार्टीको संगठन सुदृढीकरणबारे कुराकानी भएको कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका खाणले जानकारी दिए।
‘मुलुकको सुमसामयिक राजनीतिक र पार्टीको संगठन सुदृढिकरण र क्रियाशील बानाउनेबारे कुराकानी भयो,’ खाणले भने।
कांग्रेसमा मनोनयन गर्न बाँकी केन्द्रीय सदस्यको मनोनयन र पार्टीका केन्द्रीय स्तरका विभाग, समिति बनाउने र भ्रातृ संस्थालाई पूर्णता दिने तयारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।