काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेताविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
ललितपुर जिल्ला अदालतले विप्लव, खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'सहित नेताहरूविरुद्ध हातहतियार तथा खरखजाना समेतको मुद्दा, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध समेतको मुद्दा, हातहतियार तथा विस्फोटक पदार्थ सम्बन्धी कसुरको मुद्दामा ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो।
ललितपुर जिल्ला अदालतलबाट जारी पक्राउ पुर्जीमा भनिएको छ, '२०७९ साउन ६ गतेको आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५८ को १३ अनुसार ३५ दिने पक्राउ पुर्जी प्रकाशित गरिएको छ। अत: यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र यस अदालतमा उपस्थित हुनुहोला।'
उपस्थित नभइ बसेमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६५ बमोजिम हुने पुर्जीमा जनाइएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।