काठमाडौं–प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको छानबिनका लागि गठित संसदीय विशेष समितिलाई कल डिटेलसमेत हेर्न नदिएको भन्दै आक्रोश व्यक्त गरेका छन्।
अध्यक्ष ओलीले समितिभित्रै रहेका सत्तारुढ दलका सांसदहरुले नै समितिलाई कल डिटेल हेर्न नदिएको जिकीरसमेत गरे। साउन १५ (खीर खाने दिन) को अवसर पारेर पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै उनले तत्कालीन अर्थमन्त्री शर्माको तथ्य बाहिर आउँछ भनेर अर्थ मन्त्रालयको सीसीटीभी फुटेज नै गायब गरिएको दाबीसमेत गरे।
उनले प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु देउवाले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवालेलाई जनैपूर्णिमाको दिन राखी बाँधिदिएको तर्फ संकेत गर्दै त्यसमा पनि राजनीति भईरहेको बताए। ओलीले भने, ‘अहिले सीसीटीभी राख्दा त फुटेज गायब। आजकालको जमानामा कल डिटेल हुन्छ। तर, हेर्न नपाईने। ऊ बेला त न कल डिटेल, न फुटेज। न मोबाईल, न क्यामेरा, न फोटो। चोरी पत्ता लगाउनु पर्यो भने तामा–तुलसी राखेर कसम खाने चलन थियो।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।