काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन्। संसदीय छानबिन समितिले सफाइ दिएसँगै प्रधानमन्त्री देउवाले उनलाई पुन: अर्थमन्त्रीको जिम्मेवारी दिएका हुन्।
उनले आइतबार साँझ राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत् मन्त्री पदको शपथ लिएका हुन्।
बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराएको आरोपपछि उनले असार २२ गते संसद्मा सम्बोधन गरेर राजीनामा दिएका थिए। सत्तापक्षको बहमुत रहेको समितिले बजेटमा अनधिकृत व्यक्ति प्रवेश गराएको कुनै प्रमाण नभेटिएको भन्दै सफाइ दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।