काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाले नागरिकता सम्बन्धी विधेयकलाई प्रमाणित गरेका छन्।
सापकोटाले प्रतिनिधि सभामा उत्पत्ति भएर संघीय संसद्बाट पारित भएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयलाई आइतबार प्रमाणित गरेका हुन्।
प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट बहुमतले पारित भएको उक्त विधेयक अब राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणित गर्नुपर्ने हुन्छ। राष्ट्रपतिबाट प्रमाणिकरण भएपछि उक्त संशोधित विधेयक ऐनको रुपमा कार्यान्वयनमा जानेछ।
प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट विधेयक पारित भएसँगै गैर आवासीय नेपालीहरुले त्यसको स्वागत गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।