काठमाडौं– शिवम् सिमेन्टले थप दुई जनालाई दुर्घटना बीमाअन्तर्गतको रकम मृतकका परिवारलाई हस्तान्तरण गरेको छ।
कम्पनीले निर्माणकर्मीहरुका लागि गरेको बीमा अन्तर्गत दुई जनालाई १० लाख बराबरको मृत्यु बीमा रकम हस्तान्तरण गरेको हो।
निर्माण कार्य गर्दागर्दै दुर्घटनामा परि मृत्यु भएका निर्माणकर्मीहरुका परिवारलाई उक्त रकम बीमा कम्पनीसँग समन्वय तथा आवश्यक प्रक्रिया पूरा गरी उनीहरुको बीमा माग दाबी अनुसार रकम हस्तान्तरण गरिएको हो।
यसअघि पनि देशका विभिन्न स्थानमा रहेका निर्माणकर्मीहरुबाट माग दाबी भए अनुसार शिवम् सिमेन्टस् लिमिटेडले ५ लाख बराबरको मृत्यु बीमासहित दुर्घटना जोखिम बीमा बापतको रकम हस्तान्तरण गरेको थियो।
यसअघि दैनिक निर्माणकार्यमा खटिने निर्माणकर्मीहरुको जोखिमलाई मध्यनजर गर्दै शिवम् सिमेन्ट लिमिटेडले देशका विभिन्न ५२ स्थानहरुमा रहेका ३ हजार भन्दा बढी निर्माणकर्मीहरुको ५ लाख बराबरको जोखिम बीमासहित निर्माण सम्बन्धी प्राविधिक अन्र्तक्रिया कार्यक्रम सञ्चालन गरेको थियो।
सोही कार्यक्रममा सहभागी निर्माणकर्मीमध्येबाट पर्न आएको दुर्घटना बीमा माग दाबीबापतको रकम बीमा कम्पनीसँग समन्वय गरी निर्माणकर्मीहरुको घर–घरमा नै गएर शिवम् सिमेन्टका कम्पनी प्रतिनिधीहरुले हस्तान्तरण गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।