काठमाडौं– हिताचीले आफ्नो कम्पनीका चारवटा नयाँ उत्पादन घोषणा गरेको छ। शुक्रबार हिताचीले मिडिया, कम्पनीका अधिकृत डिलर, हिताची र युनिभर्सल इलेक्ट्रोकम प्रालिका प्रतिनिधिको उपस्थितिमा आफ्ना नयाँ उत्पादन घोषणा गरेको हो।
उक्त कार्यक्रममा एएचएसजीका प्रबन्धक निर्देशक चेन टेक बेङ, व्यापार विकास विभाग (निर्यात व्यापार) का महाप्रबन्धक तरुण जैन र व्यापार विकास विभाग (निर्यात व्यवसाय) का वरिष्ठ प्रबन्धक एलविन थाम उपस्थित थिए।
माइक्रोवेभ ओभनका चार मोडल, हिताची फ्रन्ट लोड अटोमेटिक १२ केजी वासिङ मेसिन, हिताची फ्रेन्च बटम रेफ्रिजरेटर र हिताची कर्डलेस स्टिक भ्याक्युम क्लिनर नयाँ उत्पादन हुन्। कार्यक्रममा सहभागीहरूलाई उत्पादन को लक्ष्य, प्रयोगकर्ताको अनुभव र सुविधाहरूको दायरा बुझ्न सहयोग पुग्ने उद्देश्यले हिताचीका विभिन्न उत्पादनहरू जस्तै रेफ्रिजरेटर, वासिङ मेसिन र भ्याक्युम क्लिनरहरू पनि प्रदर्शनमा राखिएको थियो।
हिताचीले नेपाली प्रयोगकर्ताहरूलाई विश्वव्यापी पाइने उत्कृष्ट उत्पादनहरू उपलब्ध गराउन नेपालमा आफ्नो सञ्चालनलाई थप मजबुत बनाउने योजना रहेको बताएको छ।
ग्राहकको सन्तुष्टि आफ्नो उच्च प्राथमिकतामा रहेको जनाउँदै हिताचीले आफ्ना ग्राहकहरूलाई अझ राम्रो बिक्री सेवा र बिक्रीपछिको हेरचाह दिने प्रतिज्ञा गरेको छ।
कार्यक्रममा रमेश कर्पका कार्यकारी निर्देशक सञ्जय अग्रवालले सबै ग्राहकका लागि गुणस्तरीय लाइन अप र बिक्रीपछिको सेवा सुनिश्चितता गर्न कडाइका साथ काम गर्ने बताए। उनले भने, ‘हामी नेपालका हाम्रा सबै ग्राहकका लागि गुणस्तरीय उत्पादन लाइन अप र बिक्रीपछिको सेवा सुनिश्चित गर्न कडाइका साथ काम गर्नेछौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।