काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमदल दाहाल (प्रचण्ड)ले आगामी प्रदेश र संघीय निर्वाचनमा माओवादीलाई दोस्रो शक्ति बनाउनुपर्ने बताएका छन्।
देशको दोस्रो राजनीतिक शक्ति बनाउन कांग्रेसले सहयोग नगर्ने गठबन्धनमा सहयोग नगर्ने चेतावनी अध्यक्ष दाहालले दिएका छन्।
शनिबार माओवादी केन्द्र सम्पर्क समन्वय प्रदेश समितिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन्।
उनले आगामी निर्वाचनमा माओवादीलाई दोस्रो शक्ति बनाउनका लागि कांग्रेसले सहयोग नगरे गठबन्धनमा माओवादीले सहयोग नगर्ने चेतावनी दिएका हुन्।
उनले भने, ‘आउने प्रदेश र संघको निर्वाचनमा स्थानीय तहको अनुभवलाई समीक्षा गरेर हामीले तालमेल गर्दा पनि पहिलो हुने हो। तर, कम्तिमा पनि लेट मुभमेन्टको पहिलो हुने सम्भावना छ। मैले कांग्रेसका नेताहरुलाई भनेको छु। अहिले पहिलो पार्टी त तपाईंहरु नै हुने देखियो। तर, माओवादी दोस्रो हुनुपर्छ। त्यसमा सहयोग गर्ने हो भने सबैलाई हुन्छ नत्र हुँदैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।