काठमाडौं- पछिल्लो समय राजसंस्था पुनःस्थापनाको पक्षमा सक्रियतापूर्वक अभिव्यक्ति दिइरहेका रवीन्द्र मिश्रले शाहवंशीय अन्तिम राजा ज्ञानेन्द्र शाहका नाती हृदयेन्द्रलाई भावी गद्दी-आसनको शुभकामना दिएका छन्।
शनिबार फेसबुकमा शुभकामना लेख्दै मिश्रले भनेका छन्- '२१औँ जन्मदिनमा सुस्वास्थ्य, दिर्घायु, देशभक्ती, असल चरित्र र, भावी गद्दी-आसनको हार्दिक मंगलमय शुभकामना!'
उनले हृदयेन्द्रलाई एकदिन राजाका रूपमा देख्न चाहेको बताएका छन्। "२० वर्षको पत्रकारिता, ५ वर्षको राजनीति तथा अन्य अनुभव र अध्ययनले पुर्याएको निष्कर्ष के हो भने– बदलिएको विश्व भूराजनीतिको भूमरी, लगभग पूर्णत: आर्थिक परनिर्भरता, भ्रष्ट र कमजोर संस्था र आन्तरिक अवस्था तथा अन्य कतिपय कारणले यो देश ढिलोचाँडो नराम्रो संकटमा फस्छ-फस्छ। त्यसैले, संकटका बेलामात्र सदुपयोग गर्ने उद्देश्यका साथ संसदले बाँधेर 'खोपामा भए पनि' राजसंस्था राखौं", मिश्रको प्रस्ताव छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।