काठमाडौं– ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी १०–ए नेपाली बजारमा सार्वजनिक गरेको छ। किफायती मूल्यमा रेड्मी १० सिरिजको पछिल्लो नवीनतम उपकरण रेड्मी १०–ए प्रयोगकर्ताहरूको उत्पादकता बढाउन समर्पित रहेको कम्पनीले बताएको छ।
लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमितकुमार पंडाले भने, ‘टेक्नोलोजीको सन्दर्भमा शाओमीले आफ्नो सीमा फराकिलो पार्दै स्मार्टफोनहरूको विस्तृत दायराको साथ औधोगिक बेन्चमार्कहरू पार गरेको छ। ग्राहकको रेड्मीप्रतिको विश्वासले हामीलाई नवीनताको सन्दर्भमा उच्च मापदण्डहरू स्थापित गरी रेड्मी सिरिजलाई देशमा सबैभन्दा बढी बिक्री हुने स्मार्टफोन सिरिज बनाएको छ। क्यामेरा, उच्च रिजोल्युसन डिस्प्ले, उच्च कार्य सम्पादन र पावर–प्याक ब्याट्रीको सुधारको साथ हामीले रेड्मी १०–ए बजारमा ल्याएका छौं।’
रेड्मी १०–ए को ठूलो ६.५३ इन्च एचडी प्लस डिस्प्लेले भिडियो तथा मनपर्ने कन्टेन्ट हेर्नको लागि राम्रो अनुभव प्रदान गर्ने पंडाले बताए। यस्तै अन्य ईन्ट्री–लेभल स्मार्टफोनको तुलनामा यसमा भएको थ्री डी कर्भड ब्याकले प्रयोगकर्ताहरूलाई सहज अनुभव प्रदान गर्ने दाबी गरिएको छ। साथै यसमा पछाडी रहेको फिंगरप्रिन्ट सेन्सरले यसलाई पहिलेभन्दा अझ सुरक्षित बनाउँछ।
यसमा रहेको १३ एमपीको मुख्य क्यामेरा र २ एमपी डेप्थ क्यामेरा सेन्सरले प्रयोगकर्ताहरुलाई सोचे जस्तै फोटो खिच्न र यादगार पलहरु सहज रूपमा रेकर्ड गर्न मद्दत गर्ने पंडाले बताए।
रेड्मी १०–ए मा पावर एपको लागि मिडियाटेक हेलो जी–३५ प्रोसेसर जडान गरिएको छ। रेड्मी १०–ए बजारमा ग्रेफाइट ग्रे, क्रोम सिल्भर र स्काई ब्लू गरि तीन रंगहरूमा उपलब्ध गराइएको छ। यो फोन २ जीबी प्लस ३२ जीबी र ३ जीबी प्लस ६४ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध गरिएको छ। जसको मूल्य क्रमशः १३ हजार ९९९ र १५ हजार ९९९ रहेको छ। रेड्मी १०–ए १३ श्रावन २०७९ देखि देशभरका सबै अधिकृत मि स्टोरहरूमा उपलब्ध हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।