काठमाडौं– रियालिटी शो 'स्पेलिङ' प्रतियोगिता आयोजना गर्दै आएको नेपाल स्पेल बीले भाइबरसँग सहकार्य गरेको छ।
दूर्गम क्षेत्रको विद्यार्थीहरूलाई पनि समान अवसर प्रदान गर्ने उद्देश्यका साथ नेपाल स्पेल बीले भाइबरसँगको सहकार्यमा आफ्नो पाँचौं सिजनको अडिसनलाई डिजिटाइज गर्न लागेको नेपाल स्पेल बीले जनाएको छ।
नेपाल स्पेल बीले अंग्रेजी शब्दको स्पेलिङ, निर्माण र उच्चारणबारे टेलिभाइज्ड प्रतियोगिता आयोजना गर्दै आएको छ। जसले आफ्ना केही सिजनका कार्यक्रमहरू स्थलगत रूपमा पनि सञ्चालन गर्दै आएको थियो।
विगत केही वर्षदेखि, राकुटेन भाइबर नेपालको नयाँ शिक्षा प्रणालीलाई सहयोग गर्न, अनिवार्य अनलाइन शिक्षा र हाइब्रीड सिकाइबीचको दूरी कम गर्न सक्रिय भूमिका निभाउँदै आइरहेकाले सहकार्य गरिएको स्पेल बीले जनाएको छ।
साझेदारीसँगै नेपालभरका विद्यार्थीहरूले अब भाइबरको नयाँ स्पेल बी च्याटबटबाट उक्त स्पेलिङ प्रतियोगिताका लागि आफ्नो नाम दर्ता गराउन सक्नेछन्।
यो नेपाल स्पेल बीका लागि एक महत्त्वपूर्ण उपलब्धि रहेको बताइएको छ। च्याटबटको साथै, भाइबरले नयाँ Nepal Spell Bee, नामक च्यानल पनि सार्वजनिक गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।