काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा निर्दोष रहेको प्रमाणित भएको बताएका छन्।
शर्माले करको दर हेरफेरमा कुनै अनधिकृत व्यक्तिको प्रवेश नगराएको प्रमाणित भएको उनको भनाइ छ। संसदीय विशेष छानबिन समितिको प्रतिवदेनले शर्मालाई निर्दोष प्रमाणित गरिदिएको प्रचण्डले दाबी गरे।
शुक्रबार प्रेस सेन्टर नेपालको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो दाबी गरेका हुन्।
उनले भने, 'बजेट राम्रो छ भन्ने हुँदैथ्यो। सबैले त्यसलाई स्वागत गर्दै थिए। राति १२ बजे अर्थमन्त्रीले अनधिकृत मान्छे ल्याएर करका दरमा हेरफेर गर्यो भन्दै कारबाही गर्न माग गर्दै धेरै प्रचार गरियो। हामीले, अझ मैले नै भन्नुपर्छ अध्यक्षको हैसियतले छानबिन गर्नू भने, खाएको विष पो लाग्छ, नखाएको विष त लाग्दैन। छानबिनको १० दिन समय दिइयो। ७ दिन थपियो। आज चाहीँ छानबिन समितिले प्रतिवेदन बुझायो, उहाँ निर्दोष हुनुहुन्छ। केही प्रमाण छैन। अब प्रमाणित भइसक्यो। भर्खरै त्यो घोषणा भयो। अर्थमन्त्रीको र अर्थ मन्त्रालयको त्यस्तो कुनै
बैठकमा अध्यक्ष दाहालले तत्कालै समाजवादी केन्द्र निर्माणको कुनै सम्भावना नभएको उल्लेख गरे। सञ्चारमाध्यममा समाजवादी केन्द्र बन्दैछ भन्ने समाचारहरु आएको भन्दै उनले त्यसको खण्डन गरे।
समाजवादी केन्द्र बनाउनका लागि आफूहरुले अहिले कुनै छलफल नगरेको अध्यक्ष दाहालको भनाइ छ। अध्यक्ष दाहालले केहीले समाजवादी केन्द्र बनाउने कुरा उठाए पनि बैठकमा समाजवादी केन्द्र बनाउने गरी छलफल नभएको स्पष्ट पारे।
उनले चुनावी मोर्चा बनाउने र पार्टी एकता संयोजन समिति बनाएर एउटै घोषणा पत्र बनाउने विषयमा भने छलफल चलेको बताए।
उनले भने, ‘तत्काल समाजवादी केन्द्र बन्नेवाला छैन। बन्दै पनि छैन। हामीले समाजवादी केन्द्र बनाइहालौं भनेर छलफल पनि गरेका छैनौं। केही–केही साथीहरुले समाजवादी केन्द्रको कुरा उठाउनु भएको हो तर हाम्रा बैठकहरुमा समाजवादी केन्द्र तत्काल बन्ने भन्ने कुरा भएको होइन। चुनावी मोर्चा बनाउने र पार्टी एकता संयोजन समिति भएर एउटै घोषणा–पत्र बनाउन सकिन्छ कि भन्ने छलफल भने चलेको छ। टुंगिसकेको छैन। जे भए पनि यही गठबन्धन जान्छ र हामीले यसैबाट देशमा राजनीतिक स्थायित्व र विकास ल्याउनुछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।