काठमाडौं– नेपाल भ्रमणमा आएका दक्षिण एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु ले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गरेका छन्।
उक्त भेटमा नेपाल–अमेरिकाको सम्बन्ध स्थापना भएको ७५ औं वर्षगाँठको अवसरमा अमेरिका–नेपाल साझेदारी र जनता–जनताबीचको सुमधुर सम्बन्ध स्थापनालगायत कुरामा छलफल भएको अमेरिकी राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
प्रधानमन्त्री देउवासँग मन्त्री लु ले शुक्रबार बालुवाटारमा र परराष्ट्रमन्त्री खड्कासँग परराष्ट्र मन्त्रालय सिंहदरबारमा भेट गरेका थिए। दुईदिने नेपाल भ्रमणमा बिहीबार नेपाल आएका लु शुक्रबार स्वदेश फर्किँदै छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।