काठमाडौं– बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश प्रकरणको छानबिन गर्न गठित संसदीय समितिले अनधिकृत व्यक्ति प्रवेश गरेको नपाइएको निष्कर्ष निकालेको छ।
शुक्रबार प्रतिनिधि सभामा पेस गरिएको प्रतिवेदनमा बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गरिएको निष्कर्ष निकालिएको छ।
प्रतिवेदनमा भनिएको छ, ‘समितिले अर्थ मन्त्रालयका पदाधिकारीहरूसँग गरेका छलफल, अर्थ मन्त्रालयबाट प्राप्त गरेका जवाफ र कागजात, प्राप्त गरेका सीसीटीभी फुटेजको अध्ययन लगायत हालसम्म समितिले गरेका छानबिन र सङ्कलन गरेका प्रमाणका आधारमा करका दर निर्धारणमा अनाधिकृत व्यक्ति प्रवेश गरेको देखिएन।’
त्यस्तो नदेखिएपछि करका दर हेरफेरमा अनाधिकृत व्यक्तिको प्रभावको प्रसङ्ग सान्दर्भिक नरहेको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ। करका दरले अर्थतन्त्रमा पारेका प्रभावहरूको नियमित अध्ययन संसद्को सम्बन्धित विषयगत समितिले गर्ने नै हुँदा त्यसतर्फ यस समितिले थप केही गर्नु पर्ने नदेखिएको जनाएको छ।
समितिले ११ बुँदामा सुझाव दिएको छ।
यस्तो छ ११ बुँदे सुझाव:



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।