काठमाडौं– प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमल्सिनाले नागरिकता विधेयकका सम्बन्धमा दिएको अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्ष नेकपा एमालेले आपत्ति जनाएको छ।
उनले अहिले नेकपा एमालेले विरोध गर्न नमिल्ने भन्दै आफू सत्तामा हुँदा चोरबाटोबाट अध्यादेश ल्याएको आरोप लगाएका थिए। सांसद तिमिल्सिनाले नागरिकता मधेशको आवश्यकता भएकाले सरकारले विधेयक पारित गरेको भन्दै बचाउ गरे।
एमालेले सदनमा एउटा र सडकमा अर्को कुरा गरेको आरोप उनले लगाए। उनले यसरी आरोप लगाएपछि एमाले सांसद मोहन बानियाँले उठेर नियमापत्ति गरे। सभामुख अग्नि सापकोटाले उनलाई केमा नियमापत्ति हो भनि प्रश्न गरे।
कुन नियम अनुसार नियमापत्ति हो नभनि सिधैं एमालेमाथि लगाएको आरोपमाथि बानियाँ खनिए। उनी बोल्न थालेपछि सभामुखले आफूले समय नदिएको भन्दै सम्झाएर बस्न आग्रह गरे।
तर उनले एमालेले नागरिकता अध्यादेश चोर बाटोबाट ल्याएको भनि लगाएको आरोप फिर्ता हुनुपर्ने माग गरे। तर सभामुखले तिमल्सिनालाई नै समय दिएपछि उनी बोल्न थाले। नागरिकता विधेकयमा एमालेले वैवाहिक अङ्गीकृतको हकमा सात वर्षे प्रावधान राख्नुपर्ने बताउँदै आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।