काठमाडौं- नेपाल सरकारले साउन ९ गते अमेरिकालाई (स्टेट पार्टनरसीप प्रोग्राम) एसपीपी सम्झौता अगाडि बढाउन असमर्थ रहेको लिखित जानकारी पठाएको छ।
आन्तरिक तयारीका कारण केही समय लागेको बताउँदै स्पष्ट कुटनीतिक जवाफ पठाएको परराष्ट्रमन्त्री नारायण खड्काले संसद्मा जानकारी गराएका छन्।
नेपाल सरकारले २०७९ असार ६ गते एसपीपी अघि नबढाउने भनेर निर्णय गरेको छ। एसपीपी सम्झौता सरकारले अघि बढाउन चाहेको भन्दै विरोध भएपछि उक्त निर्णय भएको थियो।
संसद्मा र संसदीय समितिमा अमेरिकालाई उक्त निर्णय जानकारी गराएका विषयमा प्रश्न उठेपछि सरकारले जवाफ दिएको हो। नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलका सिद्धान्तमा अडिग रहेको बताउँदै मन्त्री खड्काले यसबाट विचलित नहुने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।