काठमाडौं– नेकपा एमालेका सांसद मोहन बानियाँले एमसीसी र एसपीपीपछि अर्को रुपमा नयाँ सम्झौता आउन लागेको दाबी गरेका छन्।
शुक्रबार प्रतिनिधि सभाको बैठको विशेष समयमा बोल्दै सांसद बानियाँले यस्तो बताएका हुन्। उनले पिस अप्रेशनका नाममा सरकारले अर्को सम्झौता गर्न लागेको आरोप लगाए।
सांसद बानियाँले एमसीसी जस्तै रुप परिर्वतन गरेर धेरै खालका प्रोजेक्ट आउँदै गरेको भन्दै एसपीपी सम्झौतालाई सरकाले पास गर्ने तयारी गरिरहेको आरोप लगाए।
संसद्ले दबाब दिएपछि मात्र सरकारले मन्त्रिपरिषद् बैठकबाट एसपीपी सम्झौता नलिने निर्णय गरेको उनले दाबी गरे।
यस्तै एसपीपीका सम्बन्धमा अमेरिकालाई सरकारका तर्फबाट जवाफ किन पठाइएन भन्दै प्रश्नसमेत गरेका छन्। उनले आइपिएसको अङ्ग भएको थाहा हुदाँ–हुँदै नेपाली सेनाको प्रमुख अष्ट्रेलियाको भ्रमणमा किन पठाइएको भन्दै सरकारसँग जवाफ माग गरेका छन्।
उनले सरकारले एसपीपीको अर्को रुप पिस अप्रेशनको नाममा नयाँ सम्झौता पारित गर्ने तयारी गरिरहेको बताए। विदेशीहरुको स्वार्थ पूर्तिमा वर्तमान सरकार तल्लीन रहेको सांसद बानियाँको आरोप छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।