काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिक दलहरुमा विधि पद्धतीभन्दा पनि स्वार्थ उन्मुख भएको आरोप लगाएका छन्। दलहरु स्वार्थ केन्द्रित भएका कारण देशमा अस्थिरता निम्तिएको उनको भनाइ छ।
नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नम्बर १० ले ईकाई समितिले शुक्रबार आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै नेता सिंहले यस्तो बताएका हुन्।
नेता सिंहले मूल्यमान्यताको राजनीति अन्त्य भएको र पावर बेस राजनीतिमा दलहरु अघि बढेकाले पनि दलहरुप्रति नागरिकको वितृष्णा बढेको उल्लेख गरे।
२०४६ पछि आएको राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने प्रयास सुरु हुनै लाग्दा कृष्णप्रसाद भट्टराईलाई २०४८ सालको चुनावमा हराएको उनले स्मरण गरे। सोही कारणले अहिले मुलुक गलत बाटोमा अघि बढेर अस्थिरता निम्तिएको उनको भनाइ छ।
अझै पनि प्राप्त उपलब्धिमाथि चौतर्फी प्रहार भइहेकोले मुलुकसामु गम्भीर चुनौतीहरु देखा परिरहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।