काठमाडौं- नेपाली कांग्रेसकी सांसद डिला संग्रौला पन्तले नेपालमा नर्सिङ पढाउन नसक्ने अवस्था आएको बताएकी छन्।
शुक्रबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले बेलायत नर्स लैजाने भनिए पनि नेपालमा नर्सिङ पढाउन नसक्ने अवस्था बनेको बताइन्।
नेपालमा शिक्षाको गुणस्तर सुधारमा ध्यान जानु पर्ने उनको भनाइ थियो। उनले सुदूरपश्चिम र कर्णालीमा पनि नर्सिङ पढाउने कार्य सुरु गर्न माग गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।