काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष जापान भ्रमणमा जाने भएका छन्। शुक्रबार बिहान बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले अध्यक्ष प्रचण्ड जापानमा आयोजित कार्यक्रममा सहभागी हुन अध्यक्ष जाने भएसँगै यसअघि निर्वाचित प्रदेशका बैठकहरुको तालिका परिवर्तन गरिएको छ।
प्रचण्ड आगामी २१ देखि २५ गतेसम्म जापान भ्रमणमा जान लागेको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।
उनका अनुसार यसअघिका लागि तय भएको बैठकहरुको कार्यतालिका परिवर्तन भएको छ।
अब प्रदेश १ को २४, लुम्बिनीको २९, कर्णालीको ३१, मधेसको २ गते र सुदूरपश्चिमको भाद्र ४ गते बैठक बस्ने महराले जानकारी दिए। त्यस्तै प्रवासको ६, विशेष प्रदेशको ४ र सम्पर्क प्रदेशको ८ गते बैठक बस्ने तय भएको छ।
महराका अनुसार स्थायी समितिको अर्को बैठक १५ गते ३ बजे बस्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।