काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौं उपत्यकामा तीनवटा शाखा विस्तार गरेको छ।
बैंकले भक्तपुरको सूर्यविनायक, काठमाडौंको धुम्बाराही र ललितपुरको थसिखेलमा गरी थप तीनवटा शाखाहरू सञ्चालनमा ल्याएको छ।
नयाँ तीन शाखा सञ्चालनमा आएसँगै उपत्यकामा बैंकको ३५ वटा शाखाहरू र वाग्मती प्रदेशमा ४९ वटा शाखाहरू पुगेको बैंकले जनाएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेले प्रुडेन्ट बैंकिङ र सुशासनमा कुनै सम्झौता नगरी काम गर्न कर्मचारीहरूलाई निर्देशन दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।