काठमाडौं– बजेटको करको दायर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेश गराएको आरोप लागेका तत्कालीन अर्थमन्त्री शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिको अन्तिम बैठक सकिएको छ।
बैठकले प्रतिवेदन तयार गर्ने कुरा सम्पन्न भएको समितिका सदस्यसचिव सुरेन्द्र अर्यालले जानकारी दिए। उनले प्रतिवेदन शुक्रबार सभामुखलाई बुझाइने बताए।
प्रतिवेदनमा के कुरा लेखिएको छ भन्ने उनले खुलाएनन्। प्रतिवेदन हेरिसकेपछि सबै थाह हुने उनले सञ्चारकर्मीलाइ जवाफ दिए।
यस्तै एमालेबाट समितिमा रहेका खगराज अधिकारीले प्रतिवेदन अन्तिम चरणमा रहेको र सबैले आ–आफ्नो कुरा राखेको बताए। कतिपय कुरामा सर्वसम्मति भए पनि कतिपय कुरा छलफल हुन बाँकी रहेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।