काठमाडौं– अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु दुईदिने भ्रमणका लागि बिहिबार अपराह्न्न काठमाडौं आइपुगेका छन्।
काठमाडौंस्थित अमेरिकी राजदूतावसले नेपाल अमेरिका सम्बन्ध स्थापनाको ७५ औं वर्षको अवसरमा मन्त्री लु नेपालको भ्रमणमा आएको बताएको छ।
मन्त्री लु शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको दूतावासले बताएको छ। गत मंसिरमा पनि मन्त्री लु नेपाल आएका थिए। एमसीसीको विषयमा चर्को बहस भएका बेला नेपाल आएका मन्त्री लुको नेपाल भ्रमणपछि संसद्बाट एमसीसी अनुमोदन भएको थियो।
अहिले एसपीपीको विषय चर्कीरहेका बेला नेपाल उत्रेका मन्त्री लुको नेपाल भ्रमणको अन्तर्य भने चासोको विषय बनेको छ। मन्त्री लु ले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का लगायत उच्च नेतृत्वसँग भेट गर्ने कार्यक्रम रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।