काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले भक्तपुरको दुवाकोटमा रहेको वीर अस्पताल निर्माणको काम तत्काल अघि बढाउन निर्देशन दिएका छन्।
वीर अस्पतालको १३३ औँ वार्षिकोत्सवको अवसरमा बिहीबार प्रधानमन्त्री देउवाले वीर अस्पतालको विस्तारित सेवाका लागि भक्तपुरको दुवाकोटमा रहेको भवन निर्माणको कामलाई तत्काल अघि बढाउन निर्देशन दिएका हुन्।
दुवाकोटमा रहेको वीर अस्पताल निर्माणको काम अघि बढ्न नसकेको भन्दै आफ्नो ध्यानाकर्षण भएको प्रधानमन्त्री देउवाको भनाइ थियो।
सर्जिकल भवनको सेवा प्रभावकारी रुपमा सञ्चालन गर्न पनि आवश्यक जनशक्तिको व्यवस्था गर्न उनले निर्देशन दिए।
भूकम्प र कोरोना जस्ता महामारीमा वीर अस्पतालले उल्लेखनीय काम गरेको भन्दै उनले प्रशंसा गरे। स्वास्थ्य अत्यन्त आवश्यक भएको भन्दै उनले गुणस्तरीय र प्रभावकारी सेवा प्रवाह प्रवाहका लागि अस्पताललाई आग्रह गरे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।