काठमाडौं- नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सकिएको छ। बिहीबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठक शुक्रबार पुनः बस्नेगरी सकिएको हो।
बैठकको सुरुवातमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक विषय, गठबन्धन, समाजवादी केन्द्र निर्माण, आगामी निर्वाचनका विषयमा ब्रिफिङ गरेको एक नेताले बताए।
प्रचण्डले आगामी निर्वाचनसम्मै अहिलेकै गठबन्धन कायम रहने बताएका थिए। बैठक शुक्रबार बिहान ८ बजे पुनः बस्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।