काठमाडौं- चीनको वुहान शहरमा फेरि लकडाउन गरिएको छ।
वुहानको एक क्षेत्रमा चार जनामा कोरोना संक्रमण पाइएपछि पुन: लकडाउन गरिएको छ। वुहानमा सबैभन्दा पहिला कोरोना संक्रमित फेला परेका थिए।
वुहानको जियांग्सिया क्षेत्रमा कोरोनाका चार संक्रमित फेला परेका छन् तर उनीहरुमा कुनै लक्षण देखिएको छैन।
यसपछि उक्त क्षेत्रका मानिसलाई तीन दिनसम्म आफ्नो घरमै बस्न आदेश दिइएको छ। जियांग्सियामा करीब १० लाख मानिस बस्छन्।
चीनले कोरोना भाइरससँग लड्नका लागि 'जिरो कोभिड' रणनीतिको पालना गरिरहेको छ। यसका साथै ठूलो मात्रमा परीक्षण, कडा आइसोलेशन र लकडाउन गर्दै आएको छ।
यसले गर्दा विश्वका अन्य देशको तुलनामा चीनमा कोरोनाबाट मृत्यु हुनेको संख्यामा कमी आएको थियो।
१ करोड २० लाख जनसंख्या रहेको वुहान शहरमा नियमित रूपमा कोरोना परीक्षण हुने गरेको छ। दुई दिन पहिला दुई जनामा संक्रमण देखिएको थियो। त्यसपछि उनीहरुको सम्पर्कमा आएका अन्य व्यक्तिमाथि जाँच गर्द अन्य दुईमा संक्रमण पाइएको थियो।
२०२० को शुरुआतमा वुहानको चर्चा पूरै विश्वमा थियो किनकी यहाँ वैज्ञानिकले नयाँ भाइरस कोभिड-१९ पत्ता लगाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।