• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३ Mon, Oct 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

जनार्दन शर्माविरुद्ध एमाले : संसद्‌मा गरम, छानबिन समितिमा नरम !

64x64
नेपाल लाइभ बुधबार, साउन ११, २०७९  २०:२५
1140x725
संसदीय छानबिन समितिमा बयानका लागि उपस्थित हुने क्रममा पूर्व अर्थमन्त्री जनार्दन शर्मा।

काठमाडौं-असार २२ गते तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराएको विषयमा संसदीय छानबिन समिति बन्यो। 

प्रमुख प्रतिपक्ष दल नेकपा एमाले छानबिन समिति बनेकोमै सन्तुष्ट थिएन। मन्त्री शर्मामाथि कारबाहीको माग गर्दै संसद्‌मा नेकपा एमालेका तर्फबाट बोल्न पुगेका सांसद योगेश भट्टराईले भनेका थिए, 'छानबिनका लागि संसदीय छानबिन समिति जुन बनेको छ, यो संसदीय समितिले उहाँको दोष छ कि छैन भनेर  छान्ने होइन, उहाँ स्वतः दोषी प्रमाणित हुनुहुन्छ। यो संसदीय समितिले त उहाँको दोषमाथि कारबाही सिफारिस गर्ने हो।'

असार २२ गते अर्थमन्त्री शर्माको 'राजीनामा वक्तव्य' समेत बहिस्कार गरेको एमालेले बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशको यो विषयलाई यत्तिकै नछाड्ने बुझिन्थ्यो। 

तर, संसद्‌मा शर्माविरुद्ध गरम रहेको एमाले संसदीय छानबिन समितिमा भने नरम देखिएको छ। छानबिनका क्रममा सत्तापक्ष राजी भएका विषयमा मात्रै एमाले अघि बढेको छ। 

सत्तापक्षले इन्कार गरेका छानबिनका उपायहरुमा फरक मत नराखी प्रक्रिया टुंग्याइएको छ। समिति बुधबार प्रतिवेदन लेखनमा केन्द्रीत छ। बिहान साढे ११ बजेदेखि सवा २ बजेसम्म पहिलो चरणमा प्रतिवेदन लेखिएको थियो भने ४५ मिनेटको ब्रेकपछि पुन: ३ बजेदेखि प्रतिवेदन थालिएको समितिका एक सदस्यले जानकारी दिए।

छानबिनका सबै प्रक्रियासमेत पूरा नहुँदै समिति प्रतिवेदन लेखनमा हतारिएको छ। समितिले छानबिनका क्रममा बजेट निर्माणका क्रममा अर्थमन्त्री जनार्दन शर्माले प्रवेश गराएको भनिएका अनधिकृत व्यक्तिको कल डिटेल लिने र बजेट निर्माणको समयको लोकेशन ट्र्याक गर्ने विधिसमेत अपाउने विषयमा छलफल गरेको थियो। 

सुरुमा एमालेकै सांसदहरुले यो कुरा उठाएका थिए। तर,  सत्ता पक्षका सांसदहरुले उक्त विषयमा अरुचि देखाए। एक सांसदका अनुसार कल डिटेल समितिको क्षेत्राधिकारभित्र पर्ने कि नपर्ने भनेर कुरा बाझियो। एमालेका सांसदहरुले पनि थप जोड दिएनन्।

समितिका एक सदस्य भन्छन्, 'सीसीटीभी फुटेजका साथै कल डिटेल र लोकेशन ट्र्याकमासमेत एमालेले जोड दिँदा छानबिन प्रक्रिया अर्कै रुपमा अघि बढ्थ्यो तर एमालेले पनि यसमा अडान लिन चाहेन।' एमालेका तर्फबाट प्रदीप ज्ञवाली, खगराज अधिकारी, भानुभक्त ढकाल र विमला विश्वकर्मा सदस्य छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

अर्थमन्त्री शर्माले अनधिकृत व्यक्तिलाई बजेट निर्माणमा प्रवेश गराएर करका दर हेरफेर गरिएको समाचार अन्नपूर्ण पोष्टले प्रकाशित गरेको थियो। 

उक्त समाचारमा जेठ १४ को पूर्वनासु रघुनाथ घिमिरेलाई बजेट निर्माणमा प्रवेश दिइएको भनिएको छ। तर, सुरुमा घिमिरेको कल डिटेल लिने प्रस्तावमा छलफल गरेको समितिले उनीसँग सोधपुछसमेत नगरी छानबिन प्रक्रियाको अन्त्य गरेको छ। 

यसैगरी विधि विज्ञान प्रयोगशालाबाट रिकभर सीसीटीभी फुटेजको थप गहिराइमासमेत समिति पुगेन। एक सांसदका अनुसार एउटा शंकास्पद गाडी जेठ १४ गते राति अर्थ मन्त्रालय प्रवेश गरेको सीसीटीभी फुटेजमा देखिएको छ।  

'जेठ १४ गते राति एउटा गाडी अर्थ मन्त्रालयमा आएर २/३ घण्टा रोकिएर गएको देखिएको छ,' समितिका एक सदस्यले नेपाल लाइभसँग भने। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

फुटेजका धेरै दृश्यहरुमा 'क्लियर' हुन नसकिए पनि एउटा शंकास्पद गाडि बजेट निर्माण भइरहँदा प्रवेश गरेको देखिएकाले विस्तृत छानबिन हुनुपर्ने थियो। 

तर, त्यसबारे थप अध्ययन र निष्कर्षबिनै प्रतिवेदन लेखनतर्फ समिति अघि बढेको बताइएको छ। शंकास्पद गाडीबारे विस्तृत जानकारी आउनुअघि नै एमालेका सांसदहरु पनि प्रतिवदेन लेखनतर्फ केन्द्रित हुन राजी भइसकेका थिए। त्यसैले मंगलबार नै बुधबार बिहान साढे ११ बजेदेखि प्रतिवेदन लेख्न सुरु गर्ने तय गरिएको थियो।

छानबिनमा सीसीटीभी फुटेजको भर परेको समितिले त्यो दुरुस्तै रिकभर हुन नसकेको जानकारी पायो। टुक्रा–टुक्रामा रहेका र स्पष्ट नभएका फुटेजको विश्लेषणका लागि विधि विज्ञान प्रयोगशालाका विज्ञबाट थप जानकारी लियो। 

तर त्यसबाट पनि अपेक्षित नतिजा हासिल नभएको एक सदस्य बताउँछन्। 'सीसीटीभीले छर्लंग पारेको भए त्यही आधारमा प्रतिवेदन बनाउने तयारी थियो तर त्यस्तो पाइएन,' एक सदस्यले भने।

त्यसअघि छानबिन समितिले मन्त्री शर्मा, सचिवद्वय मधु मरासिनी र कृष्णहरि पुष्कर, तथा अर्थ मन्त्रालयका १७ कर्मचारीसँग बयान लिएको थियो। उनीहरु कसैले पनि प्रवेशका विषयमा यथार्थ जानकारी दिएनन्।

प्राप्त कागजपत्र र  संकलित प्रमाणपत्रका आधारमा प्रतिवेदन लेखन थालिने सचिव सुरेन्द्र अर्याल बताउँछन्। उनले भने, 'सत्यतथ्यमा पुग्ने विभिन्न औजार हुन्छन्। त्यसका आधारमा हामी प्रतिवेदन लेख्छौं।' 

प्रकाशित मिति: बुधबार, साउन ११, २०७९  २०:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कहाँ छन् रवि लामिछाने?
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ?
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत
सम्बन्धित सामग्री
कहाँ छन् रवि लामिछाने? लामिछाने कात्तिक ६ गतेदेखि तीनदिने निजी तथा पारिवारिक तीर्थाटनका लागि भन्दै भारत प्रस्थान गरेका थिए। आइतबार, कात्तिक ८, २०८३
खगेन्द्रले स्वीकार गरेनन् विवादित अडियो : थप प्रमाण खोज्दै रास्वपा, अडियो परीक्षणको तयारी समितिका संयोजक भट्टराईका अनुसार सुनारले आरोप स्वीकार नगरेपछि अब सार्वजनिक सामग्रीको सत्यता परीक्षण र थप प्रमाण संकलनमा केन्द्रित हुन... आइतबार, कात्तिक ८, २०८३
हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ रामेछापको उमाकुण्ड गाउँपालिकाको केन्द्र प्रीतिमा आयोजित पार्टी गाउँपालिका कमिटी पुनर्गठन कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले रोजगारीक... आइतबार, कात्तिक ८, २०८३
ताजा समाचारसबै
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ? आइतबार, कात्तिक ८, २०८३
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत आइतबार, कात्तिक ८, २०८३
एनपीएलमा नियोफिन तीन वर्षका लागि प्लेटिनम क्याप प्रायोजक आइतबार, कात्तिक ८, २०८३
क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्