• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २३, २०८३ Tue, Jul 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

जनार्दन शर्माविरुद्ध एमाले : संसद्‌मा गरम, छानबिन समितिमा नरम !

64x64
नेपाल लाइभ बुधबार, साउन ११, २०७९  २०:२५
1140x725
संसदीय छानबिन समितिमा बयानका लागि उपस्थित हुने क्रममा पूर्व अर्थमन्त्री जनार्दन शर्मा।

काठमाडौं-असार २२ गते तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराएको विषयमा संसदीय छानबिन समिति बन्यो। 

प्रमुख प्रतिपक्ष दल नेकपा एमाले छानबिन समिति बनेकोमै सन्तुष्ट थिएन। मन्त्री शर्मामाथि कारबाहीको माग गर्दै संसद्‌मा नेकपा एमालेका तर्फबाट बोल्न पुगेका सांसद योगेश भट्टराईले भनेका थिए, 'छानबिनका लागि संसदीय छानबिन समिति जुन बनेको छ, यो संसदीय समितिले उहाँको दोष छ कि छैन भनेर  छान्ने होइन, उहाँ स्वतः दोषी प्रमाणित हुनुहुन्छ। यो संसदीय समितिले त उहाँको दोषमाथि कारबाही सिफारिस गर्ने हो।'

असार २२ गते अर्थमन्त्री शर्माको 'राजीनामा वक्तव्य' समेत बहिस्कार गरेको एमालेले बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशको यो विषयलाई यत्तिकै नछाड्ने बुझिन्थ्यो। 

तर, संसद्‌मा शर्माविरुद्ध गरम रहेको एमाले संसदीय छानबिन समितिमा भने नरम देखिएको छ। छानबिनका क्रममा सत्तापक्ष राजी भएका विषयमा मात्रै एमाले अघि बढेको छ। 

सत्तापक्षले इन्कार गरेका छानबिनका उपायहरुमा फरक मत नराखी प्रक्रिया टुंग्याइएको छ। समिति बुधबार प्रतिवेदन लेखनमा केन्द्रीत छ। बिहान साढे ११ बजेदेखि सवा २ बजेसम्म पहिलो चरणमा प्रतिवेदन लेखिएको थियो भने ४५ मिनेटको ब्रेकपछि पुन: ३ बजेदेखि प्रतिवेदन थालिएको समितिका एक सदस्यले जानकारी दिए।

छानबिनका सबै प्रक्रियासमेत पूरा नहुँदै समिति प्रतिवेदन लेखनमा हतारिएको छ। समितिले छानबिनका क्रममा बजेट निर्माणका क्रममा अर्थमन्त्री जनार्दन शर्माले प्रवेश गराएको भनिएका अनधिकृत व्यक्तिको कल डिटेल लिने र बजेट निर्माणको समयको लोकेशन ट्र्याक गर्ने विधिसमेत अपाउने विषयमा छलफल गरेको थियो। 

सुरुमा एमालेकै सांसदहरुले यो कुरा उठाएका थिए। तर,  सत्ता पक्षका सांसदहरुले उक्त विषयमा अरुचि देखाए। एक सांसदका अनुसार कल डिटेल समितिको क्षेत्राधिकारभित्र पर्ने कि नपर्ने भनेर कुरा बाझियो। एमालेका सांसदहरुले पनि थप जोड दिएनन्।

समितिका एक सदस्य भन्छन्, 'सीसीटीभी फुटेजका साथै कल डिटेल र लोकेशन ट्र्याकमासमेत एमालेले जोड दिँदा छानबिन प्रक्रिया अर्कै रुपमा अघि बढ्थ्यो तर एमालेले पनि यसमा अडान लिन चाहेन।' एमालेका तर्फबाट प्रदीप ज्ञवाली, खगराज अधिकारी, भानुभक्त ढकाल र विमला विश्वकर्मा सदस्य छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

अर्थमन्त्री शर्माले अनधिकृत व्यक्तिलाई बजेट निर्माणमा प्रवेश गराएर करका दर हेरफेर गरिएको समाचार अन्नपूर्ण पोष्टले प्रकाशित गरेको थियो। 

उक्त समाचारमा जेठ १४ को पूर्वनासु रघुनाथ घिमिरेलाई बजेट निर्माणमा प्रवेश दिइएको भनिएको छ। तर, सुरुमा घिमिरेको कल डिटेल लिने प्रस्तावमा छलफल गरेको समितिले उनीसँग सोधपुछसमेत नगरी छानबिन प्रक्रियाको अन्त्य गरेको छ। 

यसैगरी विधि विज्ञान प्रयोगशालाबाट रिकभर सीसीटीभी फुटेजको थप गहिराइमासमेत समिति पुगेन। एक सांसदका अनुसार एउटा शंकास्पद गाडी जेठ १४ गते राति अर्थ मन्त्रालय प्रवेश गरेको सीसीटीभी फुटेजमा देखिएको छ।  

'जेठ १४ गते राति एउटा गाडी अर्थ मन्त्रालयमा आएर २/३ घण्टा रोकिएर गएको देखिएको छ,' समितिका एक सदस्यले नेपाल लाइभसँग भने। 

फुटेजका धेरै दृश्यहरुमा 'क्लियर' हुन नसकिए पनि एउटा शंकास्पद गाडि बजेट निर्माण भइरहँदा प्रवेश गरेको देखिएकाले विस्तृत छानबिन हुनुपर्ने थियो। 

तर, त्यसबारे थप अध्ययन र निष्कर्षबिनै प्रतिवेदन लेखनतर्फ समिति अघि बढेको बताइएको छ। शंकास्पद गाडीबारे विस्तृत जानकारी आउनुअघि नै एमालेका सांसदहरु पनि प्रतिवदेन लेखनतर्फ केन्द्रित हुन राजी भइसकेका थिए। त्यसैले मंगलबार नै बुधबार बिहान साढे ११ बजेदेखि प्रतिवेदन लेख्न सुरु गर्ने तय गरिएको थियो।

छानबिनमा सीसीटीभी फुटेजको भर परेको समितिले त्यो दुरुस्तै रिकभर हुन नसकेको जानकारी पायो। टुक्रा–टुक्रामा रहेका र स्पष्ट नभएका फुटेजको विश्लेषणका लागि विधि विज्ञान प्रयोगशालाका विज्ञबाट थप जानकारी लियो। 

तर त्यसबाट पनि अपेक्षित नतिजा हासिल नभएको एक सदस्य बताउँछन्। 'सीसीटीभीले छर्लंग पारेको भए त्यही आधारमा प्रतिवेदन बनाउने तयारी थियो तर त्यस्तो पाइएन,' एक सदस्यले भने।

त्यसअघि छानबिन समितिले मन्त्री शर्मा, सचिवद्वय मधु मरासिनी र कृष्णहरि पुष्कर, तथा अर्थ मन्त्रालयका १७ कर्मचारीसँग बयान लिएको थियो। उनीहरु कसैले पनि प्रवेशका विषयमा यथार्थ जानकारी दिएनन्।

प्राप्त कागजपत्र र  संकलित प्रमाणपत्रका आधारमा प्रतिवेदन लेखन थालिने सचिव सुरेन्द्र अर्याल बताउँछन्। उनले भने, 'सत्यतथ्यमा पुग्ने विभिन्न औजार हुन्छन्। त्यसका आधारमा हामी प्रतिवेदन लेख्छौं।' 

प्रकाशित मिति: बुधबार, साउन ११, २०७९  २०:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर
ठूला विद्युतीय सवारीसाधनमा कर्जा सीमा बढाइने
दुवै सदनबाट बजेट पारित
सम्बन्धित सामग्री
एकै दिन १५ अस्पतालहरूको श्रम निरीक्षण: न्यूनतम परिश्रमिक र सामाजिक सुरक्षा कार्यान्वयनमा लापरबाही पछिल्लो केही दिनको तथ्याङ्क हेर्ने हो भने पनि देशभरका ९५ वटा विभिन्न सरकारी तथा निजी अस्पतालहरूमा श्रम ऐनको पालनामा गम्भीर कमजोरीहरू... मंगलबार, असार २३, २०८३
सिंह दरबारबाट अनिर्वाचितहरूले शासन चलाइरहेको रामकुमारी झाँक्रीको आरोप गलबार राष्ट्रियसभाको बैठकमा उनले सुशासनको नारा दिएर आएको सरकार र उसका मन्त्रीहरूको पछाडि धेरै व्यक्तिहरूलाई जागिर दिइएको विषयमा पनि... मंगलबार, असार २३, २०८३
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त प्रधानमन्त्री तथा आयोगका अध्यक्ष वालेन्द्र शाहले डा खत्रीलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन् । मंगलबार, असार २३, २०८३
ताजा समाचारसबै
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर मंगलबार, असार २३, २०८३
ठूला विद्युतीय सवारीसाधनमा कर्जा सीमा बढाइने मंगलबार, असार २३, २०८३
दुवै सदनबाट बजेट पारित मंगलबार, असार २३, २०८३
उखु कृषकलाई प्रोत्साहन अनुदानका लागि १ अर्ब ५० करोड विनियोजन मंगलबार, असार २३, २०८३
कर्जा वृद्धि न्यून, दबाबमा अधिक तरलता थुप्रिएको मौद्रिक नीतिको वार्षिक समीक्षा मंगलबार, असार २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अंक देखाउने पुरुष पक्राउ सोमबार, असार २२, २०८३
पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा प्रवेश मंगलबार, असार २३, २०८३
एनपील अक्सन : कुन खेलाडी कनु टिममा आवद्ध भए [सूचीसहित] सोमबार, असार २२, २०८३
अमेरिकालाई ४–१ ले हराउँदै बेल्जियम क्वार्टरफाइनलमा मंगलबार, असार २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अंक देखाउने पुरुष पक्राउ सोमबार, असार २२, २०८३
४२ जना उपसचिवको सरुवा, को कहाँ ?[सूचीसहित] शनिबार, असार २०, २०८३
पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा प्रवेश मंगलबार, असार २३, २०८३
एनपील अक्सन : कुन खेलाडी कनु टिममा आवद्ध भए [सूचीसहित] सोमबार, असार २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्