काठमाडौं– साप्ताहिक कारोबारको चौथो दिन आज (बुधबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य घटेको छ। चाँदीको मूल्य भने बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा २०० रुपैयाँ घटेको हो। बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ कायम भएको छ।
यसअघि मंगलबार पनि सुनको मूल्य तोलामा ३०० रुपैयाँ घटेको थियो। मंगलबार छापावाल सुन प्रतितोला ९४ हजार २०० र तेजाबी सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
बुधबार चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेको छ। तोलामा ५ रुपैयाँले बढेर बुधबार चाँदी प्रतितोला १ हजार १५५ रुपैयाँ पुगेको छ। मंगलबार भने चाँदी प्रतितोला १ हजार १५० रुपैयाँमा कारोबार भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।