काठमाडौं– गृहमन्त्री बालकृष्ण खाणले नेकपा माओवादी केन्द्रका नेता पूर्व–उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटघाट गरेको छन्।
श्रेष्ठ निवास हात्तीवनमा बुधबार बिहान भएको भेटवार्तामा राष्ट्रिय राजनीति र समसामयिक विषयमा कुराकानी भएको थियो। ‘राष्ट्रिय राजनीति र समसामयिक राजनीतिबारे नेकपा माओवादीका केन्द्रका नेता नारायणकाजी श्रेष्ठसँग कुराकानी भयो,’ गृहमन्त्री खाणले भने।
राष्ट्रिय सभामा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक बिहीबार नै निर्णयार्थ प्रस्तुत हुँदैछ। साेही विषयमा कुरा गर्न राष्ट्रिय सभाका सदस्य श्रेष्ठसँग गृहमन्त्री खाणले भेट गरेका हुन्।
यसअघि राष्ट्रिय सभा बैठकमा नेता श्रेष्ठले नागरिकता विधेयकबारे विरोध जनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।