काठमाडौं- गत २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्राप्त गर्नका लागि नेपाल टेलिकमले विभिन्न माध्यमबाट व्यवस्था गरेको छ। सो परीक्षाको परीक्षाफल कल गरेर आईभीआर, एसएमएस तथा वेबसाइटमार्फत प्राप्त गर्न सकिने व्यवस्था टेलिकमले जनाएको छ।
यसका लागि टेलिकमको ल्यान्डलाइन फोन, मोबाइल र सीडीएमएबाट १६०० डायल गरी प्राप्त निर्देशनका पालना गरेर नतिजा थाहा पाउन सकिने छ। यस्तै, मोबाइलको म्यासेज बक्समा अंग्रेजीमा एसईई लेखेर स्पेस दिइ अल्फाबेटसहितको सिम्बल नम्बर टाइप गरी १६०० मा पठाएर नतिजा हेर्न सकिने बताइएको छ।
यसका साथै, नेपाल टेलिकमको वेबसाइट https://see.ntc.net.np/ मार्फत मार्कसिटसहितको नतिजा प्राप्त गर्न सकिने कम्पनीले बताएको छ। परीक्षा नियन्त्रण कार्यालयले नतिजा सार्वजनिक गरेपछि मात्रै परीक्षाफल हेर्न सकिने एनटीसीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।