• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १२, २०८३ Thu, Oct 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सरकारले घोषणा गरेन निर्वाचन, गठबन्धनभित्र फागुनको चर्चा 

64x64
नेपाल लाइभ बुधबार, साउन ११, २०७९  ०९:०८
1140x725

काठमाडौं–केहीसमय अघिमात्र मन्त्री बनेका एक जनाले सिंहदबारमा केही दिन अघिको भेटमा आफूहरु ६ महिनाका लागि सरकारमा आएको भए पनि त्यो भन्दा धेरै समय रहने बताए। आफूहरु ६ महिना नभएर ९ महिनासम्म सरकारमै रहने उनको दाबी थियो।

उनको स्पष्ट संकेत थियो, फागुनसम्म सत्ता गठबन्धन सरकारमै रहने अनि मात्र निर्वाचनमा जाने। उनले यसो भनिरहँदा निर्वाचन आयोगले दिएको मिति भने घर्कदै थियो।

मंसिर २ गते निर्वाचन गर्न आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर चाँडै निर्वाचनको मिति घोषणा गर्न सुझाव दिएको थियो। आयोगका अनुसार निर्वाचनका लागि १२० दिनको समय आवश्यक हुन्छ। 

उक्त समयका लागि साउनको पहिलो साता नै सरकारले निर्वाचनको मिति घोषणा गर्नुपर्नर् थियो। तर, अहिलेसम्म निर्वाचनको मिति घोषणा गर्ने तयारी सरकारले गरेको देखिँदैन।

सोमबारको नियमित मन्त्रिपरिषदबाट प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मिति घोषणा गर्ने चर्चा चले पनि बैठकले कुनै पनि निर्णय लिएन।

एक मन्त्रीका अनुसार सोमबारको मन्त्रिपरिषद् बैठकमा निर्वाचनको मिति घोषणा सम्बन्धी अजेण्डा नै थिएन र छलफलमा विषय प्रवेशसमेत भएन।

निर्वाचनको मिति घोषणा कहिले होला? भन्ने प्रश्नमा उनले उत्तर दिन नसकिने बताए। मन्त्रीले यसो भनिरहँदा सत्ता गठबन्धनभित्र भने निर्वाचन फागुनसम्म सानुपर्ने बारे भित्रि रुपमा छलफल चलिरहेको छ। गठबन्धनको शीर्ष तहमा यो विषयमा छलफल भइरहेको ती मन्त्रीले पनि स्वीकार गरे। 

गठबन्धनभित्र विभिन्न मिति र समयका विषयमा छलफल हुँदा गत निर्वाचनमा २०७४ साल फागुनमा शपथ लिएकाले सोही अवधिलाई आधार मानेरमात्र प्रतिनिधि सभा सदस्यको कार्यकाल समाप्त हुने विषयमा छलफल पनि भएको उनको भनाइ छ। 

Ncell 2
Ncell 2
nimb
nimb

२०७४ सालमा मंसिर १० र २१ गते निर्वाचन सम्पन्न भएर फागुन २० गते शपथ लिइएकाले सोही मितिलाई आधार मानेर पाँच वर्ष कार्यकाल रहने तर्क कानुनविद्हरुले गरेको भन्दै सत्ता गठबन्धनभित्र छलफल भएको थियो। सत्ता गठबन्धनले यही विषयमा छलफल गर्न अनौपचारिक रुपमा केही वरिष्ठ अधिवक्ता, पूर्व महान्यायाधिवक्ता र महान्यायाधिवक्तासँग छलफल पनि गरेका थिए।

उक्त छलफलमा सहभागी संवैधानिक कानुनका जानकारहरु अधिकांशले मंसिरमै निर्वाचन गर्नुपर्ने बताएको स्रोतको भनाइ छ। 

सरकार असंवैधानिक बाटोमा हिँडेको आरोप लाग्ने भएकाले निर्वाचन सार्ने कुरा प्रत्युत्पादक हुने उनीहरुको तर्क थियो। 

तर, एकीकृत समाजवादी र माओवादी केन्द्र भने फागुनसम्म चुनाव सार्न सकिने संवैधानिक स्थान भएमा जानुपर्ने पक्षमा उभिएको स्रोत बताउँछ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका नेताहरुले भने निर्वाचन मंसिरमा नगर्ने कुरामा ख्याल गरेर अघि बढ्नुपर्ने अन्यथा प्रश्न उठ्ने बताएका थिए। निर्वाचन घोषणा तत्काल नहुनुका प्रमुख दुई कारण अहिले दृश्यमा देखिएको छ।

पहिलो, प्रतिनिधि सभामा विचाराधीन केही महत्त्वपूर्ण विधेयक पारित गर्ने र दोस्रो, सत्ता गठबन्धन कायम राखेर केही समय पछि निर्वाचन गराउन सकिने भएमा प्रयास गर्ने रहेको देखिएको छ।  

केही विधेयक पारित गराउनुपर्ने 
प्रतिनिधि सभाको बजेट अधिवशेन चलिरहेको छ। यो अधिवेशनबाट केही महत्त्वपूर्ण विधेयकहरु पारित गराउनुपर्ने सरकारको प्राथमिकता रहेको छ।

नागरिकता सम्बन्धी विधेयक प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभा पुगेको छ। राष्ट्रिय सभाको अर्को बैठक साउन १२ गते बोलाइएको छ। उक्त बैठकमा संशोधन प्रस्तावमाथि छलफल सुरु हुने छ।

संशोधनमाथि छलफल भएपछि गृहमन्त्रीले जवाफ दिँदै पारितको प्रक्रिया सुरु हुने छ। राष्ट्रिय सभाबाट पारित भएपछि राष्ट्रपतिले प्रमाणीकरण गरेपछि यो लागू हुने छ। त्यस्तै अर्को सरकारको प्राथमिकतामा रहेको विधेयक हो। सत्य निरुपण तथा मेलमिला र वेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोग संशोधन विधेयक हो।

संक्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउन सरकारले उक्त विधेयक संसद सचिवालयमा दर्ता गराएको छ। उक्त विधेयकमाथि पीडित र अन्तर्राष्ट्रिय समुदायले आलोचना गरेपछि सरकारले अघि बढाउने तयारी गरेको छ। 

सरकारले १० वर्षे द्वन्द्वका मुद्दाहरुलाई सम्बोधन गर्न ल्याउन लागिएको उक्त विधेयकपछि नयाँ आयोग र पदाधिकारी नियुक्त हुँदै काम थालनी गर्ने छ। नयाँ विधेयकमा २ वर्षभित्र संक्रमणकालीन न्यायको प्रक्रिया सक्ने प्रस्ताव गरिएको छ। अहिले गठन भएका आयोगहरुको २ महिनामात्र म्याद थप भएकाले यही अधिवेशनमा उक्त विधेयक पारित गर्नुपर्ने छ। अन्यथा आयोग विघटन भइ नयाँ प्रक्रियाको थालनी गर्नुपर्ने छ।

अहिले विधेयक पारित हुन नसकेमा एकै पटक पुस वा माघमा मात्र नयाँ प्रतिनिधि सभा सदस्य निर्वाचन पछि संसद् बस्ने छ। उक्त अवधिसम्म आयोग विघटन हुने भएकाले सरकारले निर्वाचन घोषणा केही दिनलाई रोकेर उक्त विधेयक पारित गर्ने तयारी गरेको छ।

त्यस्तै निर्वाचन सम्बन्धी कानुनहरु पनि हालसम्म संसदमा आइपुगेको छैन। उक्त विधेयकहरुलाई निर्वाचन घोषणा भएपछि पनि अघि बढाउने सकिने तर, अहिले नै आएमा पारित गराउँदा सहज हुने गठबन्धनका नेताहरुको ठम्याइ छ। त्यस्तै सरकारले निर्वाचन मिति घोषणा अघि यी कानुन पारित गर्न चाहनुको पछाडि निर्वाचन मिति घोषणा भएपछि हुने कार्यकालको विवाद पनि हो। 

निर्वाचनको मिति घोषणा भएपछि प्रतिनिधि सभा समाप्त हुने केही कानुनविदहरुले तर्क गरिरहेका छन्।  यो विवाद बढ्दै जाँदा कानुन बनाउन नसकिने हो कि भन्ने डरका कारण सरकारले निर्वाचनको मिति तोक्न ढिलाइ गरिरहेको देखिन्छ। 

फागुनसम्म सार्ने चलखेल 
सत्ता गठबन्धनकै दलहरुबाट फागुनमा शपथ लिएर कार्यकाल सुरु गरेकाले उक्त अवधिसम्म सार्न सकिने तर्क आएपछि सरकारले पनि निर्वाचनको मिति घोषणामा हतारो नगरेको एक मन्त्रीले बताए।

गठबन्धनभित्र निर्वाचन गर्ने कुरामा एकमत रहेको तर, तत्कालै घोषणा गर्नुपर्ने दवाव नभएकाले केही दिन पर्ख र हेरको नीतिमा सरकार रहेको ती मन्त्रीले बताए।

एक हप्तापछि केही विधेयकहरु पारित हुने अनि सत्तापक्षका बीचमा सहमति गरेर निर्वाचनको मिति घोषणा गर्ने तयारीमा सरकार रहेको उनको भनाइ छ। 

प्रमुख आयुक्त भन्छन्- अर्को हप्ता निर्वाचन घोषणा हुन्छ 
प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले सरकारले अर्को हप्तासम्ममा निर्वाचनको मिति घोषणा गर्ने दाबी गरे। 

उनले प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन मंसिर ४ गते गर्ने गरि अब बस्ने मन्त्रिपरिषद्ले निर्णय गर्न सक्ने बताए। 

‘आगामी प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनको लागि आयोगले सम्पूर्ण ब्यहोरासहित एकै चरणमा निर्वाचन गर्नका लागि मिति सिफारिस गरिसकेको छ,’ प्रमुख आयुक्त थपलियाले भने, ‘आयोगले गरेको सिफारिस वरिपरि निर्वाचनमो मिति तोकिन्छ।’

उनले निर्वाचन आयोग आन्तरिक तयारीमा लागिसकेको बताए। ८ करोड मतपत्र छपाई गर्नुपर्ने र मत पेटिका तथा मतदानस्थल बढाउनुपर्ने भएकाले आयोग त्यसको तयारीमा रहेको उनले बताए। 

कानुनविद् भन्छन्- मंसिरबाट सार्न मिल्दैन 
कानुनका जानकारहरुले मंसिरमा निर्वाचन गर्नुपर्ने बताएका छन्। मंसिरबाट सारेर त्यसलाई पर पुर्‍याउन नमिल्ने उनीहरुको तर्क छ। 

संसद्को कार्यालबारे दुई थरी बहस भइरहेका बेला कानुन व्यवसायीहरु मितिका बारेमा एकमत रहेका हुन्।

यो सरकार संविधानको धारा ७५ को उपधारा ५ अनुसारको भएकाले निर्वाचन मिति घोषणा भएसँगै स्वतः विघटनमा जाँदै समाप्त हुने कानुनविद्हरुको तर्क छ।  संविधानको धारा ८५ मा प्रतिनिधि सभाको कार्यकाल सम्बन्धी व्यवस्था गरिएको छ। जस अनुसार संविधान बमोजिम अगावै विघटन भएकोमा बाहेक प्रतिनिधि सभाको कार्यकाल पाँच वर्षको हुनेछ भन्ने उल्लेख छ। 

यो लागू नहुने तर्क गर्नेहरुले यसअघि २०७७ पुष ५ र जेठ ७  गते तत्कालीन प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेपछि सांसदहरुको पद गुमेको र त्यही प्रक्रिया अनुसार निर्वाचन घोषणा भएपछि अन्तिम हुने तर्क गरेका छन्। त्यो अवस्थामा सांसदहरुको पद स्वतः गएको थियो।

अहिले सर्वोच्च अदालतको परमादेशपछि शेरबहादुर देउवाको नेतृत्वमा संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार बनेकोले यो सरकारले प्रतिनिधि सभा विघटन गरेर निर्वाचनको नयाँ मिति घोषणा गर्न सक्ने र गर्ने भएकाले सांसदहरुको कार्यकाल स्वतः समाप्त हुने उनीहरुको तर्क छ। 

वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले मंसिर ९ गतेपछि निर्वाचनको मिति तोक्न नसकिने बताए। अघिल्लो पटक मंसिरमा निर्वाचन भएर जनताले अभिमत दिएपछि अब त्यही नै कायम हुने उनको तर्क छ।

फागुनमा शपथ लिएर कार्यकाल सुरु भएको भएपछि त्यसलाई कानुनले मात्र चिन्ने तर जनताको सार्वभौम मत दिने समय भने पहिलो चरणमा भएको मिति नै हुने उनको जिकिर छ। 

संविधान र निर्वाचन सम्बन्धी कानुनले पनि यही भन्ने भएकाले फागुन वा अन्य मितिमा सार्छु वा केही समय पछाडि धकेल्छु भनि कुनै प्रयास गरिएमा त्यसले वैधानिकता नपाउने उनको दाबी छ। उनले निर्वाचन तत्काल घोषणा भए पनि सांसद र सरकारको कार्यकाल मंसिरसम्म कायम रहने बताए। 

संविधानले प्रतिनिधि सभा पाँच वर्ष हुने परिकल्पना गरेकाले मनोनयन गरेपछि उनीहरुको कार्यकाल समाप्त हुने ज्ञवालीले बताए।

तर, संविधानविद् विपिन अधिकारी निर्वाचनको घोषणा भएसँगै सांसदहरुको कार्यकाल सकिने बताउँछन्। ‘व्याख्या जे जसरी आएको भए पनि त्यसको मिति घोषणा भएपछि प्रतिनिधि सभा भंग हुन्छ। किन कि ७६(५) को सरकार हो। अर्को सरकार बन्ने अवस्था हुँदैन,’ उनले भने, ‘निर्वाचन घोषणा भइसकेपछि संसद्को कार्यकाल रहन्छ भन्ने हुँदैन। नियमित रुपमा गएको अवस्था हो।’ 

उनले राज्यकोषबाट सुविधा खानले जसरी तर्क गरे पनि संविधान र कानुनी पाटोबाट हेर्ने हो भने निर्वाचनको घोषणा भएसँगै सांसदको पद नरहने कानुनको अर्थ भएको तर्क गरे। 

संवैधानिक कानुनका जानकार एवं अधिवक्ता डा.टीकाराम भट्टराईले उम्मेदवारी दर्ताको अघिल्लो दिनसम्म सांसद कायम रहने तर्क गरे।

संविधानले प्रतिनिधि सभा विघटन कल्पना नगरेको भन्दै आफैं विघटन गरेको प्रस्ताव पास गरेर विघटन गरेमा बाहेक निर्वाचन घोषणा हुँदा उम्मेदवारी दर्ताको अघिल्लो दिनसम्म सांसदको पद कायम रहने बताउँछन्। ‘संविधानले खालि हुन्छ भनेर कल्पना नगरेसम्म हामीले भनेर हुँदैन,’ उनले भने, ‘संविधानले पाँच वर्षको कार्यकाल भनेको छ। उम्मेदवारी दर्ता गरेको अघिल्लो दिनसम्म पाँच वर्षसम्म कार्यकाल रहुन्जेल त हो।’

प्रकाशित मिति: बुधबार, साउन ११, २०७९  ०९:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनको मूल्य बढ्यो
चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढी श्रमिकले दिए उजुरी
नागढुंगा सुरुङमार्गको टोल शुल्क सार्वजनिक, कुन सवारीलाई कति?
सम्बन्धित सामग्री
कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने, शपथ ग्रहण विगतभन्दा फरक हुने बिहीबार, कात्तिक १२, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन प्रधानमन्त्री र पार्टी सभापतिबीच बुधबार भएको छलफलको निष्कर्ष अब बस्ने मन्त्रिपरिषद् बैठकका निर्णयमा देखिनेछ। बुधबार, कात्तिक ११, २०८३
पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेनको ‘प्रेम’, ठूला पदमा धमाधम नियुक्ति यसरी पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेन सरकारको ‘प्रेम’लाई आशंकाको दृष्टिले हेर्न थालिएको छ। सरकार विवादित नियुक्तिको पक्षमा अडिन... बुधबार, कात्तिक ११, २०८३
ताजा समाचारसबै
सुनको मूल्य बढ्यो बिहीबार, कात्तिक १२, २०८३
चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढी श्रमिकले दिए उजुरी बिहीबार, कात्तिक १२, २०८३
नागढुंगा सुरुङमार्गको टोल शुल्क सार्वजनिक, कुन सवारीलाई कति? बिहीबार, कात्तिक १२, २०८३
एआईमा फड्कोः: गुगलले सार्वजनिक ग-यो एआई मोडल ‘जेमिनाइ ४ कार्बन’ बिहीबार, कात्तिक १२, २०८३
जीवनशैली छालालाई तन्नेरी राख्न के खाने , के नखाने ? बिहीबार, कात्तिक १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेनको ‘प्रेम’, ठूला पदमा धमाधम नियुक्ति बुधबार, कात्तिक ११, २०८३
नागढुंगा सुरुङमार्गको टोल शुल्क सार्वजनिक, कुन सवारीलाई कति? बिहीबार, कात्तिक १२, २०८३
मलेसियाले मानेन नेपालको प्रस्ताव, १२५ म्यानपावरबाटै कामदार लैजाने नीति कायम बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्