काठमाडौं- जिल्ला न्यायाधीशका लागि न्यायपरिषदले ६३ जनालाई प्रारम्भिक छनोट (सर्ट लिस्ट) गरेको छ।
परिषदको साउन १० गते बसेको बैठकले ६३ जनाको संक्षिप्त सूची सार्वजनिक गरेको हो। २१ जिल्ला न्यायाधीश पदमा पूर्ति गर्नका लागि असार २७ मा सूचना जारी गरेको थियो।
करिब २०० जनाले जिल्ला न्यायाधीशका लागि आवेदन दिएका थिए। जसमध्येबाट ६३ जना छनोट भएका हुन्। २१ जना जिल्ला न्यायाधीशका लागि न्याय परिषदले न्यायाधीश नियुक्तिको मापदण्ड बनाउँदै आवेदन माग गरेको थियो।
न्याय परिषद सचिवालयले सूचना जारी गर्दै संक्षिप्त सूचीमा परेका व्यक्तिहरुका सम्बन्धमा कुनै उजुरी भए ७ दिनभित्र परिषदको सचिवायलमा पेस गर्न आग्रह गरेको छ।
यो सूचीबाट जिल्ला न्यायाधीशको अन्तिम छनोट गरि नियुक्ति गर्ने न्यायपरिषद्को तयारी छ।
को को परे?

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।