• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १२, २०८३ Thu, Oct 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सीसीटीभी प्रकरण : राति अर्थ मन्त्रालय प्रवेश गरेको 'शंकास्पद गाडी'बारे विस्तृत बुझेपछि बुधबारदेखि प्रतिवेदन लेखिने

64x64
नेपाल लाइभ बुधबार, साउन ११, २०७९  ०६:३४
1140x725

काठमाडौं– आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराइ करका दर हेरफेर गरेको प्रकरणबारे छानबिन गर्न गठित संसदीय विशेष समिति प्रतिवेदन लेखनमा केन्द्रित हुने भएको छ। समितिले बुधबार(आज) बाट प्रतिवेदन लेखको काम थाल्ने तयारी गरेको छ। 

छानबिन प्रक्रिया लगभग पूरा भएको निष्कर्ष निकालेको समितिको मंगलबारको दुई चरणको बैठकपछि अब प्रतिवेदन लेखनमा केन्द्रित हुने 'निर्णय' गरेको थियो। त्यसका लागि सिंहदरबार प्रवेश गरेको शंकास्पद गाडीबारे विस्तृत बुझ्ने समितिको ठहर छ।

सीसीटीभी फुटेजको अध्ययनको क्रममा एउटा शंकास्पद गाडी जेठ १४ गते राति अर्थ मन्त्रालय प्रवेश गरेको देखिएको समितिका एक सदस्यको भनाइ छ।

 'जेठ १४ गते राति एउटा गाडी अर्थ मन्त्रालयमा आएर २/३ घण्टा रोकिएर गएको देखिएको छ,' समितिका एक सदस्यले नेपाल लाइभसँग भने, 'यो गाडी कसको हो, के प्रयोजनले आएको भन्ने कुरा बुधबार विस्तृत रुपमा बुझिन्छ।'

मंगलबार अपराह्नको बैठकमा विज्ञहरुसँग छलफल गर्दा फुटेजका धेरै दृश्यहरुमा 'क्लियर' हुन नसकिए पनि एउटा शंकास्पद गाडि बजेट निर्माण भइरहँदा जेठ १४ गतेको राति अर्थ मन्त्रालय छिरेको देखिएको ती सदस्यको भनाइ छ। 'बजेट निर्माणका क्रममा प्रवेश गरेको गाडीको नम्बरप्लेट पनि देखिएको छ,' ती सदस्यले भने। 

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गरेको हो वा होइन भन्ने विषय प्रमाणित गर्नका लागि 'शंकास्पद गाडी' प्रवेश गरेको फुटेज अन्तिम क्लू भएको ती सदस्यको भनाइ छ। 'सीसीटीभीका धेरै क्लिपहरु छन्। ती सबै क्लिपलाई जोडेर हेर्दा पनि निष्कर्ष निकाल्न सकिन्छ,' ती सदस्यको भनाइ छ।

समितिको मंगलबार दुईपटक बसेको बैठकमा बजेट घोषणाको अघिल्लो दिन (जेठ १४ गते)को अर्थ मन्त्रालयको सीसीटीभी फुटेजका सन्दर्भमा छलफल भएको थियो।

मंगलबार बिहान बसेको बैठकमा प्रहरीको विधि विज्ञान प्रयोगशालाबाट प्राप्त सीसीटीभी फुटेजको रिकभर रिपोर्ट खोलिएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

रिपोर्ट स्पष्ट नबुझिएपछि अपराह्नको बैठकमा विज्ञहरुसँग छलफल गरिएको थियो। तर, विज्ञसँग छलफल गर्दा पनि फुटेजका धेरै क्लिपहरु 'स्पष्टसँग' बुझ्न नसकिएको समितिका सदस्यहरुले जानकारी दिएका छन्।

संसदीय छानबिन समितिका सचिव सुरेन्द्र अर्यालले अब प्रतिवेदन लेखनमा केन्द्रित हुने निर्णय भएको जानकारी दिए। 

'छानबिनका लागि सीसीटीभीको फुटेज मात्रै औजार होइन। छानबिनका क्रममा अन्य विषयलाई पनि आधार बनाइएको छ। त्यही आधारमा टेकेर प्रतिवेदन लेख्ने भन्ने निर्णय भएको छ,' अर्यालले भने।

समितिले सिंहदरबार प्रवेश द्वारको पनि सीसीटीभी फुटेज मागेको थियो। तर, गृह मन्त्रालयले मागिएको मितिको फुटेज उपलब्ध हुन नसकेको जवाफ पठाएको छ। छानबिन समितिले सिंहदरबारको दुवै तर्फको गेटको सीसीटीभी फुटेज माग गरेको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

जेठ १४ गतेदेखि भोलिपल्ट सम्मको फुटेज माग गरिएकोमा गृहमन्त्रालयले उक्त फुटेज नभएको जवाफ दिएको थियो। छानबिन समितिले सुरुदेखि नै बजेट घोषणाको अघिल्लो दिन (जेठ १४ गते) राति अनधिकृत व्यक्ति मन्त्रालय प्रवेश गरे/नगरेको विषयमा छानबिन केन्द्रित गरेको थियो।

छानबिनका क्रममा तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा, अर्थ मन्त्रालयका दुवै सचिवसहित विभिन्न विभागका प्रमुख र कर्चारीसँग बयान समेत लिइएको थियो।  

बयानका क्रममा कर्मचारीहरुले अनधिकृत व्यक्तिको प्रवेश र संलग्नतालाई अस्वीकार गरेका थिए। त्यसपछि समितिले अर्थ मन्त्रालयको सीसीटीभी फुटेज मगाउने निर्णय गरेको थियो। तर, अर्थ मन्त्रालयले भने जेठ १४ गतेको फुटेज स्वत: मेटिएको भन्दै फुटेज स्टोर हुने हार्ड ड्राइभ नै समितिमा पठाएको थियो।

हार्ड ड्राइभ रिकभरका लागि समितिले प्रहरीको विधि विज्ञान प्रयोगशाला पठाएको थियो। विधि विज्ञान प्रयोगशालाले हार्ड ड्राइभ रिकभर रिपोर्ट सोमबार समितिलाई बुझाएको थियो।  समितिको मंगलबार बिहान बसेको बैठकमा प्रहरीको रिपोर्ट खोलिएको भए पनि प्राविधिक कुराहरुमा स्पष्ट हुन नसकिएको भन्दै अपराह्न विज्ञहरुसँग छलफल गरिएको थियो। 

प्रतिवेदन सहमतिमै तयार गर्ने समझदारी
मंगलबार अपराह्न बसेको समितिको बैठकमा अधिकांश सदस्यहरुले अब प्रतिवेदन लेखनमा केन्द्रित हुनुपर्ने बताएका छन्। विभिन्न व्यक्तिसँग लिइएको बयान, अर्थ मन्त्रालयको सीसीटीभीको रिकभर रिपोर्ट लगायत विषयलाई समेटेर प्रतिवेदन तयार गरिने छ। 

प्रतिवेदन सकेसम्म सबै सदस्यको सहमतिका आधारमा लेख्ने समझदारी बनेको समितिका सचिव अर्यालको भनाइ छ। यद्यपि, सदस्यहरुले आ–आफ्नो राय भने राख्न पाउनेछन्। 

अर्यालका अनुसार समितिको बैठक बुधबार ११ बजे बस्ने छ। बुधबार बस्ने बैठकमा सीसीटीभीको रिकभर फुटेजमा देखिएको शंकास्पद गाडीको विषयमा विस्तृत बुझेर निष्कर्ष निकालिने र त्यसपछि सबै विषयलाई समेटेर प्रतिवेदन लेखनको खाका तयार गरिने छ। 

सभामुख अग्निप्रसाद सापकोटाले असार २२ गते गठन गरेको ११ सदस्यीय समितिको म्याद दोस्रोपटक ७ दिनका लागि थपिएको छ। समितिको पहिलोपटकको म्याद साउन ५ गते सकिएकोमा पुन: ७ दिनका लागि थप गरिएको थियो। समितिले अब म्याद थप गर्नका लागि आग्रह नगरी दोस्रो पटकका लागि थपिएको समयमै प्रतिवेदन बुझाउने तयारी गरेको छ। 

समितिमा संसद्‌को सबैभन्दा ठूलो तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट सांसदहरु प्रदीप ज्ञवाली, खगराज अधिकारी, भानुभक्त ढकाल र विमला विक सदस्य छन्।

सत्ता गठबन्धनका दल नेपाली कांग्रेसबाट मानवबहादुर विक र सीताराम महतो, माओवादी केन्द्रबाट देव गुरुङ र शक्ति बस्नेत, एकीकृत समाजवादीका सरला यादव र  जसपाका सुरेन्द्र यादव सदस्य छन्। यस्तै, लोसपाबाट लक्ष्मणलाल कर्ण सदस्य छन्।  

प्रकाशित मिति: बुधबार, साउन ११, २०७९  ०६:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनको मूल्य बढ्यो
चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढी श्रमिकले दिए उजुरी
नागढुंगा सुरुङमार्गको टोल शुल्क सार्वजनिक, कुन सवारीलाई कति?
सम्बन्धित सामग्री
कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने, शपथ ग्रहण विगतभन्दा फरक हुने बिहीबार, कात्तिक १२, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन प्रधानमन्त्री र पार्टी सभापतिबीच बुधबार भएको छलफलको निष्कर्ष अब बस्ने मन्त्रिपरिषद् बैठकका निर्णयमा देखिनेछ। बुधबार, कात्तिक ११, २०८३
पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेनको ‘प्रेम’, ठूला पदमा धमाधम नियुक्ति यसरी पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेन सरकारको ‘प्रेम’लाई आशंकाको दृष्टिले हेर्न थालिएको छ। सरकार विवादित नियुक्तिको पक्षमा अडिन... बुधबार, कात्तिक ११, २०८३
ताजा समाचारसबै
सुनको मूल्य बढ्यो बिहीबार, कात्तिक १२, २०८३
चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढी श्रमिकले दिए उजुरी बिहीबार, कात्तिक १२, २०८३
नागढुंगा सुरुङमार्गको टोल शुल्क सार्वजनिक, कुन सवारीलाई कति? बिहीबार, कात्तिक १२, २०८३
एआईमा फड्कोः: गुगलले सार्वजनिक ग-यो एआई मोडल ‘जेमिनाइ ४ कार्बन’ बिहीबार, कात्तिक १२, २०८३
जीवनशैली छालालाई तन्नेरी राख्न के खाने , के नखाने ? बिहीबार, कात्तिक १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेनको ‘प्रेम’, ठूला पदमा धमाधम नियुक्ति बुधबार, कात्तिक ११, २०८३
नागढुंगा सुरुङमार्गको टोल शुल्क सार्वजनिक, कुन सवारीलाई कति? बिहीबार, कात्तिक १२, २०८३
मलेसियाले मानेन नेपालको प्रस्ताव, १२५ म्यानपावरबाटै कामदार लैजाने नीति कायम बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्