काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थानीय तहको निर्वाचनपछि एमाले नेपालको प्रमुख राजनीतिक शक्तिका रुपमा स्थापित भइसकेको जिकिर गरेका छन्।
एमाले चितवन जिल्ला कमिटीद्वारा मंगलबार भरतपुरमा आयोजित जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले पार्टी संघ र प्रदेशको निर्वाचनमा झन सशक्त बन्ने दाबी गरे।
महासचिव पोखरेलले वामपन्थी आन्दोलनलाई बलियो बनाउन विभिन्न पार्टीमा रहेकालाई एमालेमा गोलबन्द हुन आह्वान गरे।
पार्टीले देशव्यापीरुपमा संघ र प्रदेशको निर्वाचन केन्द्रित कार्यक्रम सञ्चालन गर्न थालेको उल्लेख गर्दै महासचिव पोखरेलले गाँउगाँउमा अभियान सञ्चालन गर्न कार्यकर्तालाई निर्देशन समेत दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।