नयाँदिल्ली– भारतको पश्चिमी राज्य गुजरातमा विषाक्त मदिरा सेवनबाट २० जनाभन्दा बढीको मृत्यु भएको छ भने त्यति नै संख्यामा सख्त बिरामी भएकाहरू अस्पताल भर्ना भएका छन्।
यद्यपी उनीहरूको मृत्यु मदिरा सेवनबाट नै भएको पुष्टि हुन बाँकी छ।
'बोटाड, भावनगर र अहमदाबाद अस्पतालमा २० भन्दा बढीको उपचार भइरहेको छ। स्रोतका अनुसार धेरैको अवस्था गम्भीर रहेकोले मृत्यु हुनेको संख्या बढ्न सक्ने सम्भावना छ', द हिन्दू अखबारको अनलाइन संस्करणमा भनिएको छ।
मृत्युको वास्तविक कारण पत्ता लगाउन शव परीक्षण एवम् चिरफार भइरहेको छ। 'पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै प्रतिक्रिया दिन सक्नेछौं', एक सरकारी अधिकारीले सिन्ह्वालाई फोनमा बताए।
मदिरा सेवनका कारण मृत्यु भएको भनिएको गाउँ वरपरका धेरैलाई नक्कली मदिरा बेचेको आरोपमा पक्राउ गरिएको छ। राज्य सरकारले घटनाको छानबिन गर्न आदेश दिँदै प्रहरी नायब उपरीक्षकको नेतृत्वमा विशेष अनुसन्धान टोली गठन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।