काठमाडौं– मलेसियामा समुद्री दलदलयुक्त वन र पारिस्थितिकी प्रणाली संरक्षणको प्रयासस्वरुप ७० लाखभन्दा बढी म्यानग्रोभ रूखहरू रोप्न लागिएको छ।
यो कदमले तटीय क्षेत्रहरूमा द्रुतरूपमा जारी विकासको प्रभावलाई कम गर्न र तटीय क्षेत्रको छेउमा बसोबास गर्ने समुदायहरूको सुरक्षा गर्न महत्त्वपूर्ण सहयोग पुर्याउने ऊर्जा तथा प्राकृतिक स्रोत मन्त्री तकीयुद्दीन हसनले बताएका छन्।
म्यान्ग्रोभ इकोसिस्टमको संरक्षणको लागि अन्तर्राष्ट्रिय दिवसमा जारी गरिएको विज्ञप्तिमार्फत उनले यस विषयमा थप प्रकाश पारेका छन्।
'देशको समुद्री दलदल वनको संरक्षणको प्रयासमा थुप्रै चुनौतीहरू छन्। मलेसिया द्रुत विकासशील देश हो जहाँ तटीय क्षेत्रहरूमा विकास, जलचर र कृषिको विकास र विस्तार तीव्ररूपमा भइरहेको छ', उनले भनेका छन्।
समुद्री दलदल वन क्षेत्रको क्षतिले स्थानीय समुदायको जनजीवनमा प्रत्यक्ष असर मात्र गर्ने नभइ त्यसले हानीकारक कार्बन सोस्नेलगायत अन्य थुप्रै किसिमका कामहरुमा असरहरू कम गर्ने दाबी गरिएको छ।
गत जुन ३० सम्ममा ३ हजार २ सय हेक्टरभन्दा बढी क्षेत्रफलमा वृक्षरोपण गरिएको छ। साथै सरकारले तटीय वन स्रोतको सफल उपयोग, संरक्षण र व्यवस्थापनका लागि दोस्रो राष्ट्रिय तटीय क्षेत्र भौतिक योजना कार्यान्वयन गरिरहेको समेत मन्त्री तकियाउद्दीनले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।