काठमाडौं– गण्डकी प्रदेशले नवौं राष्ट्रिय खेलकुदमा ३६ वटै खेलमा सहभागिता जनाउने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले प्रतियोगिता असोज २८ गतेदेखि कात्तिक तीन गतेसम्म गण्डकी प्रदेशमा हुने तालिका सार्वजनिक गरिसकेको छ।
३६ वटै खेलमा गण्डकीले प्रतिस्पर्धा गर्ने प्रस्ताव गरिएको निर्देशक कृष्ण तिमिल्सिनाले जानकारी दिए। नवौं राष्ट्रिय खेलकुदमा फुटबल, भलिबल, टेबलटेनिस, कबड्डी, ब्याडमिन्टन, कुस्ती, उसु, जुडो, बास्केटबल, बुद्धिचाल, ह्यान्डबल, एथ्लेटिक्स, बक्सिङ, तेक्वान्दो, कराते, भरोत्तोलन, आइटिएफ, तेक्वान्दो, फुलकन्ट्याक्ट कराते, हक्की, स्क्वास, सुटिङ, जिम्न्यास्टिक, लनटेनिस, सफ्टटेनिस, क्रिकेट, साइकलिङ, आर्चरी, सेपाताक्रो, खोखो, फेन्सिङ, पौडी, गल्फ शारीरिक सुगठन, प्याराग्लाइडिङ, ट्रायथलन र रग्बी(सेभेन एसाइड) गरी ३६ खेल हुने छन्।
जसअनुसार पुरुष फुटबल, एथ्लेटिक्स, बक्सिङ, तेक्वान्दो, कराते, भरोत्तोलन पुरुष भलिबल, ब्याडमिन्टन, उसु, जुडो, ह्यान्डबल, हक्की, स्क्वास, सुटिङ, जिम्न्यास्टिक, लन टेनिस, सफ्टटेनिस, क्रिकेट, साइकलिङ, आर्चरी, पौडी, गल्फ प्याराग्लाइडिङ, ट्रायथलन र रग्बीका खेलहरु पोखरामा हुनेछन्।
त्यस्तै, महिला फुटबल स्याङजाको वालिङ खेल मैदानमा हुनेछ भने फुलकन्ट्याक्ट कराते पनि स्याङजामै हुनेछ। कबड्डी, कुस्ती र खो खो का खेलहरु नवलपुरमा हुनेछ भने फेन्सिङ पर्वतमा, सेपाताक्रो गोरखा, शारीरिकसुगठन लम्जुङ, आइपटिएफ तेक्वान्दो बाग्लुङ, बास्केटबल तनहुँ, टेबल टेनिस मनाङ, महिला भलिबल म्याग्दी र बुद्धिचाल मुस्ताङमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।