काठमाडौं- निर्वाचन आयोग गत स्थानीय तह निर्वाचनको परिणाम तथा खर्च सार्वजनिक गरेको छ। मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको विवरणमा दलहरुले वडाध्यक्षमा प्राप्त गरेको मत र प्रतिशतसमेत उल्लेख छ।
नेपाली कांग्रेसले २६४३ पुरुष र २५ महिला गरी जम्मा २६६८ वडा अध्यक्ष जितेको आयोगको विवरण छ। उसले ३९ लाख ५६ हजार १९३ मत प्राप्त गरेको छ। जुन ३४.२८ प्रतिशत रहेको आयोगले उल्लेख गरेको छ।
त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी एमालेले २११५ पुरुष र २२ महिला गरी जम्मा २१३७ वडा अध्यक्ष जितेको छ। उसले ३८ लाख ११ हजार ६०२ मत प्राप्त गरेको छ। जुन ३३.०३ प्रतिशत हो।
त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले १०४१ पुरुष र १२ महिला गरी जम्मा १०५३ वडा अध्यक्ष जितेको छ। उसले १५ लाख ३ हजार २४७ मत प्राप्त गरेको छ। जुन १३.०३ प्रतिशत हो।
जनता समाजवादी पार्टी नेपालले २९५ पुरुष वडा अध्यक्ष जितेको छ। उसले ५ लाख ७७ हजार ३८० मत प्राप्त गरेको छ। जुन ५ प्रतिशत हो।
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले १८८ पुरुष र २ महिला गरी जम्मा १९० वडा अध्यक्ष जितेको छ। उसले ४ लाख २२ हजार ७३७ मत प्राप्त गरेको छ। जुन ३.६६ प्रतिशत हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।