काठमाडौं– निर्वाचन आयोगले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन आगामी मंसिर ४ गते गर्नेगरी मन्त्रिपरिषद्ले निर्णय गर्ने विश्वास व्यक्त गरेको छ।
स्थानीय तह निर्वाचन २०७९ को निर्वाचन परिणाम तथा निर्वाचन खर्च सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मन्त्रिपरिषद्को आगामी बैठकले मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधि सभाको निर्वाचन मिति घोषणा गर्ने बताए।
‘आगामी प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वातनको लागि आयोगले सम्पूर्ण ब्यहोरा सहित एकै चरणमा निर्वाचन गर्नका लागि मिति सिफारीस गरिसकेको छ,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भने,‘आयोगको परामर्शमा नेपाल सरकारले मिति तय गर्ने सन्दर्भमा यति भनौं आउँदौ मन्त्रिपरिषद्को बैठकबाट मंसिरको ४ गते निर्वाचन हुने गरी मिति तोक्यो भने आश्चार्य नमान्दा हुन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।