काठमाडौं– प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपिलियाले यसपटकको स्थानीय तह निर्वाचनमा अघिल्लो निर्वाचनभन्दा कम खर्च भएको बताए।
मंगलबार आयोगले गरेको पत्रकार सम्मेलनमा उनले अघिल्लो निर्वाचनभन्दा करिब दुई अर्ब १५ करोड कम खर्च भएको जानकारी दिए।
मुलुकभर एकै चरणमा निर्वाचन सम्पन्न गरेकाले पनि कम लागतमा निर्वाचन सम्पन्न भएको उनको भनाइ छ। यस्तै मतपत्र छपाइमा पनि अघिल्लो निर्वाचनभन्दा कम खर्च भएको जानकारी दिए।
उनले यसपाली सडक यातायातमार्फत् मतपत्र ढुवानी हुँदा पनि लागत कम भएको बताए। स्थानीय तह निर्वाचनमा दुई करोड मतपत्र छापेको र आगामी निर्वाचनमा ८ करोड छाप्नुपर्ने उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।