काठमाडौं- स्थानीय तह निर्वाचन २०७९ मा ५ अर्ब ४ करोड ३ लाख ९२ हजार ८७६ रुपैयाँ खर्च भएको छ। निर्वाचन आयोगले मंगलबार पत्रकार सम्मेलनमार्फत चुनावको खर्च सार्वजनिक गरेको हो।
आयोगका अनुसार स्थानीय तह २०७९ को सन्दर्भमा नेपाल सरकारबाट ८ अर्ब ११ करोड रुपैयाँ निकासा भएको थियो। त्यसमध्ये आयोगको सचिवालयबाट १ अर्ब २ करोड ६३ लाख १२ हजार १२९ रुपैयाँ खर्च भएको छ।
त्यस्तै, ७५३ वटै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयबाट भएको ३ अर्ब ५४ करोड १२ लाख ७३ हजार ६१७ रुपैयाँ खर्च भएको छ। ७७ वटा निर्वाचन कार्यालयबाट भएको ४१ करोड ३३ लाख ७ हजार १३० रुपैयाँ खर्च भएको थियो।
गृह मन्त्रालयमार्फत मतपेटिका ढुवानी खर्च ४ करोड ५० लाख र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत भएको खर्च (मिडिया अनुगमन लगायत अन्य शिक्षा सामाग्रीको प्रचार प्रसारका लागि) भएको खर्च १ करोड ४५ लाख छ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनको कूल खर्च ५ अर्ब ४ करोड ३ लाख ९२ हजार ८७६ भएको र बाँकी ३ अर्बभन्दा बढी रकम सरकारलाई फिर्ता गरिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।