काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले नेपाललाई कालो सूचीबाट बचाउन सरकारले के गर्दैछ भन्दै प्रश्न गरेका छन्।
मंगलबारको प्रतिनिधि सभा बैठको शून्य समयमा बोल्दै सांसद थापाले नेपाललाई कालो सूचीमा पर्नबाट बचाउन सरकारले के गरिरहेको छ भन्नेकुरा सदनलाई जानकारी गराउन अनुरोध गरे।
मनी लन्ड्रिङ सम्बन्धी पर्याप्त कानुन नबनेको बनेका कानुन पनि कार्यान्वयन नभएको, व्यापक करछली, बढ्दो भ्रष्टाचार र आपराधिक गतिविधिका कारण समष्टीगत मूल्याकन जोखिममा रहको बताए। विगतमा नेपाल कालो सूचीमा पर्नबाट जोगिए पनि यसपटक विज्ञहरुको चेतावनीलाई सरकारले नजरअन्दाज गर्न नसक्ने उनको भनाइ छ।
उनले भने, 'नेपाल कालोसूचीमा पर्यो भने नेपालमा विप्रेषण र आयातमा अन्तर्राष्ट्रिय प्रतिबन्ध हुनसक्छ। जसले गर्दा एल्सी खोल्न पाउँदै। यस्तो कल्पना हामी गर्न पनि सक्दैनौं।'
मूल्यांकनको ४० सूचकमा नेपालको अवस्था के छ? विज्ञहरुले आशंका गरेको कालोसूचीमा पर्ने सम्भावना बढेको हो भने सरकारले त्यसबाट बच्न सरकारले के–के गरिरहेको छ? भन्दै अभिलम्ब संसद्लाई तत्काल जानकारी गराउन सांसद थापाले माग गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।