काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) जापान भ्रमणमा जाने भएका भएका छन्। उनी पाँच दिने भ्रमणका लागि साउन २१ गते त्यसतर्फ प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ।
प्रचण्ड जापानस्थित नेपाली जनप्रगतिशील मन्चको आयोजनामा हुन लागेको कार्यक्रममा सहभागी हुनका लागि त्यसतर्फ जान लागेका हुन्। त्यसक्रममा कुनै राजनीतिक भेटघाट हुने वा नहुने विषय निश्चित भइनसकेको बताइएको छ।
प्रचण्डसँगै उनको सचिवालयका केही सदस्य पनि जापान जानेछन्। अघिल्लो हप्ता प्रचण्डले तीन दिने भारत भ्रमण गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।