काठमाडौं– प्रतिनिधि सभाको बैठकले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक–२०६९ माथि राष्ट्रिय सभाबाट भएको संशोधन स्वीकृत गरेको छ।
आइतबार संसद्मा गणपुरक संख्या नपुगेपछि उक्त विधेयकमाथिको संशोधन स्वीकृत हुनबाट रोकिएको थियो। मंगलबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उक्त विधेयक पुन: पेस गरेका थिए।
यसअघि प्रतिनिधि सभाबाट पारित भएको तर संसद्को माथिल्लो सदन राष्ट्रिय सभााबाट संशोधन भएपछि पुन: प्रतिनिधि सभामा आएको थियो। संशोधन स्वीकृत भएसँगै यो अब प्रमाणिकरणमा जाने छ। राष्ट्रपति विद्यादेवि भण्डारीले प्रमाणिकरण गरेपछि यो ऐनको रुपमा लागू हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।