काठमाडौं– नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले नेपालमा हैजाको संक्रमण बढ्दै गएकाले नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।
मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद भट्टराईले हैजाको संक्रमण विस्तारै समुदायस्तरमा फैलिने क्रममा रहेकाले समयमै नियन्त्रणका लागि आवश्यक कदम चाल्न अनुरोध गरेका छन्।
उनले जारको पानीसमेत शुद्ध नभएको भन्दै पानीका स्रोतहरु शुद्धिकरण गर्न सरकारले ध्यान दिनुपर्ने बताए। गाउँसम्म फैलिएमा महामारीकै रुप लिने भन्दै उनले समयमै सरकारले आवश्यक कदम चाल्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।