काठमाडौं- नर्वेजियन टेनिस स्टार कास्पर रुडले सन्यासपछि धेरै पिउन मन लागेको बताएका छन्।टेनिसका कारण उनले धेरै वर्षदेखि मदिरा सेवन गरेका छैनन्। तर, करिअर सकिएपछि उनी मदिरा सेवन गर्न चाहन्छन्।
उनका अनुसार यसअघि प्रेमिकाले उनलाई वाइन पिउन दबाब दिएकी थिइन्। तर, उनीले अस्वीकार गरेका थिए। लगातार हेडलाइन बन्ने गरेका रुडले स्विस ओपनको फाइनल जितेर यस्तो बताएका हुन्।
फाइनल जितिसकेपछि रुडले भने,‘उत्सव मनाउन धेरै समय छैन, तर मलाईं थाहा छ एक दिन मेरो करियर समाप्त हुनेछ। म १७–१८ वर्षमा सबै रक्सी पिउन सक्षम हुनेछु। आशा छ मसँग लामो करिअर छ। त्यसैले हेरौं चीजहरू कसरी जान्छ।’
पहिलो सेट गुमाएपछि स्विस ओपन जिते
स्विस ओपनको फाइनलमा रुडले पहिलो सेट ४-६ ले गुमाए। यसपछि उनले उत्कृष्ट कमब्याक गरे र दोस्रो सेटमा पनि दुई खेलाडीबीच कडा टक्कर भएको थियो। अन्तमा, रुडले ७(६ को अन्तरले सेट जिते। यससँगै तेस्रो सेटमा उनले मोन्टम समात्दै ६–२ को अन्तरले जित निकाल्दै उपाधि जितेका थिए। खेल दुई घण्टा ३६ मिनेटसम्म चलेको थियो।
टेनिस संसारमा रुडको कद बढ्दै गएको छ। केही समयअघि उनले सन् २०२२ को फ्रेन्च ओपनको फाइनलमा पुगेर हेडलाइन बनाएका थिए।
फाइनलमा पराजित भए पनि स्विस ओपनको फाइनलमा इटालीका माटियो ब्रेटिनीलाई ४–६, ७–६, ६–२ ले पराजित गर्दै उपाधि जितेका थिए। उनी लगातार दोस्रो पटक स्विस ओपनको विजेता बनेका छन्।
उनले हालसम्म नौ उपाधि जितिसकेका छन् भने यस वर्ष तीन उपाधि जितेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।