काठमाडौं–प्रहरीले तिनकुनेस्थित स्काइ वर्ल्ड सर्भिस सेन्टरबाट चिनियाँ तथा भारतीयसहित ३३ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौं र मातहत नगर प्रहरी कार्यालय, प्रहरी वृत्तहरुसमेतबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा १ चिनियाँ, २ भारतीय र ३३ नेपाली छन्। उक्त सेन्टरमा अवैध कामदार राखी सूचनाका विभिन्न प्रकारका प्रविधिमार्फत् धाकधम्की दिई व्यक्तिगत गोपनीयता ह्याकिङ गरी रकमको मोलमोलाई गर्ने र समाजमा उच्छृंखल गतिविधि गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकामा उक्त सेन्टरका व्यवस्थापन प्रमुख ४३ वर्षीय चिनियाँ नागरिक हु युह्वा, भारतको उत्तर प्रदेशका २६ वर्षी मनोज सैनी र उत्तर प्रदेशकै १९ वर्षीया नेहा गुप्ता छन्। नेपालीनागरिकमा २८ पुरुष र ५ महिला छन्।
उक्त सेन्टरबाट ८ लाख २९ हजार नगद, ल्यापटप ३६२ थान, डेस्कटप ७४८ थान, डीभीआर १ थानलगायत बरामद गरिएको र उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।