• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ६, २०८३ Fri, Oct 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

राष्ट्रिय सभामा नागरिकता विधेयक: नारायणकाजी ‘प्रतिपक्षी’ जस्तै प्रस्तुत हुँदा वामदेव गौतम सरकारको पक्षमा! 

64x64
नेपाल लाइभ सोमबार, साउन ९, २०७९  १८:२५
1140x725

काठमाडौं– संघीय संसद्‌को तल्लो सदन (प्रतिनिधि सभा)बाट पारित भएको नागरिकता ऐन (पहिलो संशोधन) विधेयक, २०७९ माथि माथिल्लो सदन (राष्ट्रिय सभा)मा छलफल सुरु भएको छ।  

सोमबार गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभामा पेस गरे। त्यसपछि सोमबारै विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्तावमा छलफल भयो। छलफलका क्रममा सत्ता पक्ष र प्रतिपक्षका सांसद्‌हरुले आ–आफ्ना धारणा व्यक्त गरे। 

प्रतिनिधि सभामा भएको छलफलका क्रममा जस्तै राष्ट्रिय सभामा पनि विपक्षी दलका सांसदले विधेयकमाथि आलोचनात्मक टिप्पणी गरे। खासगरेर वैवाहिक अंगिकृत र महिलाहरुले आफ्नो नामबाट सन्तानलाई नागरिकता दिलाउँदा स्वघोषणा गर्नुपर्ने प्रावधानमा सांसदहरुले असहमति जनाए। 

विधेयक माथिको छलफलका क्रममा सत्ता गठबन्धनको दल माओवादी केन्द्रका सांसद नारायणकाजी श्रेष्ठले खुलेरै आफ्नो विरोध र असहमति राखे। तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले गरेको निर्णायानुसार तत्कालीन अवस्थामा गरिएको संशोधन ठिक भएको, तर अहिले विधेयक गलत तरिकाले आएको उनको भनाइ थियो। 

तत्कालीन नेकपाको सचिवालय बैठकले वैवाहिक अंगीकृतको हकमा ७ वर्षको अवधि राख्ने निर्णय गरेको थियो। जुन व्यवस्था अहिलेको विधेयकमा हटाइएको छ। वैवाहिक अंगिकृतको हकमा अहिले कुनै समयसीमा नतोकेको भन्दै श्रेष्ठले विरोध जनाए। 

उनले वैवाहिक अंगिकृत नागरिकताको लागि तत्कालीन समयमा राखिएको ७ वर्षेस समयसीमाको प्रावधान ठिक रहेको भन्दै हटाउनुपर्ने कुनै कारण नभएको धारणा राखे।  ‘७ वर्षपछि मात्रै वैवाहिक अंगिकृत नागरिकता महिलालाई दिने प्रावधान थियो, त्यो हटाउनुउनुपर्ने कुनै कारण थिएन,’ उनले भने, ‘त्यसमा पनि विचार पुर्‍याइएन भन्ने मेरो ठहर छ।’  

उनले अहिलेको विधेयक प्रतिनिधि सभाबाट अल्पमतले ल्याएको आरोप पनि लगाए। सत्ता गठबन्धनको दल माओवादी केन्द्रका सांसद श्रेष्ठले जस्तै प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले पनि विधेयकका प्रावधानहरुप्रति विरोध जनाए। 

नेकपा एमालेका तर्फबाट सांसद रहेकी विमला पौडेल राईदेखि भगवति न्यौपाने, देवेन्द्र दाहालले राज्य व्यवस्था समितिबाट पारित भएको प्रतिवेदनसहितको विधेयक फिर्ता लिएर नयाँ दर्ता भएकोप्रति आपत्ति प्रकट गरे। उनीहरुले  तत्कालीन समयमा समितिले लामो समय लगाएर छलफल गरेर बहुमतको आधारमा निर्णय गरेकाले अहिले हटाएर ल्याउनु गलत भएको टिप्पणी गरे। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै, तत्कालीन अवस्थामा सत्ता गठबन्धनकै सहयोगमा राष्ट्रिय सभा सदस्य निर्वाचित भएका सांसद खिमलाल देवकोटाले पनि वैवाहिक अंगिकृतको हकमा प्रस्ताव गरिएको प्रावधानप्रति असहमति जनाए। वैवाहिक अंगिकृतको हकमा कुनै समयसीमा नराखिँदा 'एक हातले सिन्दुर र अर्को हातले नागरिकता' दिएको जस्तो हुने देवकोटाको टिप्पणी थियो। 

वैवाहिक अंगिकृतको हकमा ७ वर्षको समयसीमा राख्नुपर्ने निर्णय गर्ने तत्कालीन नेकपाको सचिवालय सदस्य समेत रहेका राष्ट्रिय सभाका सदस्य वामदेव गौतम भने विधेयकको सन्दर्भमा सरकारको पक्षमा उभिए। नागरिकताको समस्या समाधान गर्न विधेयक आवश्यक रहेको र सरकारले विधेयक ल्याएर ठिक गरेको गौतमको भनाइ थियो। 

तर, विधेयकका केही व्यवस्थालाई भने 'थोरै' सच्याउनुपर्ने उनको भनाइ छ। ‘हाम्रो देशमा वैवाहिक अंगिकृत नागरिकताको सम्बन्धमा अहिले जे व्यवस्था आएको छ, त्यो व्यवस्था थोरै केही कुराहरु सच्याउनुपर्छ,’ उनले भने, ‘नागरिकता परित्याग गर्नको निम्ति प्रक्रिया शुरु गरेको सम्बन्धित निकायबाट कुनै प्रमाणपत्र लिएर आउनुपर्छ। मैले त्यो प्रक्रिया सुरु गरेको छु भनेर भन्ने मात्रै होइन।’ 

विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव माथिको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको गृहमन्त्री खाणले जवाफ दिएका थिए। जवाफका क्रममा गृहमन्त्री खाणले विधेयक कसैको आग्रह वा दबाबमा नभइ नागरिकताविहीन नागरिकहरुलाई सम्वोधन गर्न ल्याएको दाबी गरे। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

गृहमन्त्री खाणले नागरिकता ऐनपनि आवश्यकताअनुसार परिस्कृत हुने भन्दै नेपाली नागरिकलाई व्यवस्थित गरेर दिनको लागि संशोधित ऐन ल्याइएको जिकिर गरे। ‘संविधान अनुकुल नै विधेयक ल्याइएको छ। नागरिकता ऐन पनि आवश्यकताअनुसार परिस्कृत हुँदै जाने नै छ,’ गृहमन्त्री खाणले भने। 

विचार गरियोस् भन्ने प्रस्तावमा छलफल सकिएपछि सोमबारकै बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव गरियोस् भन्ने प्रस्ताव पेस भएको थियो। उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको छ। 

उक्त विधेयकमाथि संशोधन राख्न चाहने सांसदहरुले राष्ट्रिय सभा नियमावली २०७५ को नियम १०६ बमोजिम राष्ट्रिय सभा अन्तर्गतको विधेयक शाखामा संशोधन प्रस्ताव दर्ता गराउन सक्नेछन्। राष्ट्रिय सभाको अर्को बैठक २०७९ साउन १२ गते बिहीबार बिहान ११ बजे बस्ने छ। 

प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  १८:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट
तिब्बतमा शक्तिशाली भूकम्पमा परि १६ जनाको मृत्यु , ६५ घाइते
सम्बन्धित सामग्री
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी अर्थमन्त्री वाग्लेले भारतको नयाँदिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गरेका हुन्। शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’का क्रममा अर्थमन्त्री वाग्ले र भारतीय प्रधानमन्त्री मोदीबिच भे... शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश गड्डाचौकीबाट भारतीय नम्बरको गाडीमा परिवारसहित भारतीय सुरक्षाकर्मीको स्कर्टिङमा लामिछाने भारततर्फ लागेका हुन् । शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट शुक्रबार, कात्तिक ६, २०८३
तिब्बतमा शक्तिशाली भूकम्पमा परि १६ जनाको मृत्यु , ६५ घाइते शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
एकाएक किन खुल्न छाेडे राष्ट्रपति देखि प्रधानमन्त्री कार्यालयसम्मकाे वेबसाईट, यस्ताे छ अन्तर्रास्ट्रिय असर बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्