• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, वैशाख २१, २०८३ Mon, May 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

राष्ट्रिय सभामा नागरिकता विधेयक: नारायणकाजी ‘प्रतिपक्षी’ जस्तै प्रस्तुत हुँदा वामदेव गौतम सरकारको पक्षमा! 

64x64
नेपाल लाइभ सोमबार, साउन ९, २०७९  १८:२५
1140x725

काठमाडौं– संघीय संसद्‌को तल्लो सदन (प्रतिनिधि सभा)बाट पारित भएको नागरिकता ऐन (पहिलो संशोधन) विधेयक, २०७९ माथि माथिल्लो सदन (राष्ट्रिय सभा)मा छलफल सुरु भएको छ।  

सोमबार गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभामा पेस गरे। त्यसपछि सोमबारै विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्तावमा छलफल भयो। छलफलका क्रममा सत्ता पक्ष र प्रतिपक्षका सांसद्‌हरुले आ–आफ्ना धारणा व्यक्त गरे। 

प्रतिनिधि सभामा भएको छलफलका क्रममा जस्तै राष्ट्रिय सभामा पनि विपक्षी दलका सांसदले विधेयकमाथि आलोचनात्मक टिप्पणी गरे। खासगरेर वैवाहिक अंगिकृत र महिलाहरुले आफ्नो नामबाट सन्तानलाई नागरिकता दिलाउँदा स्वघोषणा गर्नुपर्ने प्रावधानमा सांसदहरुले असहमति जनाए। 

विधेयक माथिको छलफलका क्रममा सत्ता गठबन्धनको दल माओवादी केन्द्रका सांसद नारायणकाजी श्रेष्ठले खुलेरै आफ्नो विरोध र असहमति राखे। तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले गरेको निर्णायानुसार तत्कालीन अवस्थामा गरिएको संशोधन ठिक भएको, तर अहिले विधेयक गलत तरिकाले आएको उनको भनाइ थियो। 

तत्कालीन नेकपाको सचिवालय बैठकले वैवाहिक अंगीकृतको हकमा ७ वर्षको अवधि राख्ने निर्णय गरेको थियो। जुन व्यवस्था अहिलेको विधेयकमा हटाइएको छ। वैवाहिक अंगिकृतको हकमा अहिले कुनै समयसीमा नतोकेको भन्दै श्रेष्ठले विरोध जनाए। 

उनले वैवाहिक अंगिकृत नागरिकताको लागि तत्कालीन समयमा राखिएको ७ वर्षेस समयसीमाको प्रावधान ठिक रहेको भन्दै हटाउनुपर्ने कुनै कारण नभएको धारणा राखे।  ‘७ वर्षपछि मात्रै वैवाहिक अंगिकृत नागरिकता महिलालाई दिने प्रावधान थियो, त्यो हटाउनुउनुपर्ने कुनै कारण थिएन,’ उनले भने, ‘त्यसमा पनि विचार पुर्‍याइएन भन्ने मेरो ठहर छ।’  

उनले अहिलेको विधेयक प्रतिनिधि सभाबाट अल्पमतले ल्याएको आरोप पनि लगाए। सत्ता गठबन्धनको दल माओवादी केन्द्रका सांसद श्रेष्ठले जस्तै प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले पनि विधेयकका प्रावधानहरुप्रति विरोध जनाए। 

नेकपा एमालेका तर्फबाट सांसद रहेकी विमला पौडेल राईदेखि भगवति न्यौपाने, देवेन्द्र दाहालले राज्य व्यवस्था समितिबाट पारित भएको प्रतिवेदनसहितको विधेयक फिर्ता लिएर नयाँ दर्ता भएकोप्रति आपत्ति प्रकट गरे। उनीहरुले  तत्कालीन समयमा समितिले लामो समय लगाएर छलफल गरेर बहुमतको आधारमा निर्णय गरेकाले अहिले हटाएर ल्याउनु गलत भएको टिप्पणी गरे। 

nimb
nimb
Ncell 2
Ncell 2

त्यस्तै, तत्कालीन अवस्थामा सत्ता गठबन्धनकै सहयोगमा राष्ट्रिय सभा सदस्य निर्वाचित भएका सांसद खिमलाल देवकोटाले पनि वैवाहिक अंगिकृतको हकमा प्रस्ताव गरिएको प्रावधानप्रति असहमति जनाए। वैवाहिक अंगिकृतको हकमा कुनै समयसीमा नराखिँदा 'एक हातले सिन्दुर र अर्को हातले नागरिकता' दिएको जस्तो हुने देवकोटाको टिप्पणी थियो। 

वैवाहिक अंगिकृतको हकमा ७ वर्षको समयसीमा राख्नुपर्ने निर्णय गर्ने तत्कालीन नेकपाको सचिवालय सदस्य समेत रहेका राष्ट्रिय सभाका सदस्य वामदेव गौतम भने विधेयकको सन्दर्भमा सरकारको पक्षमा उभिए। नागरिकताको समस्या समाधान गर्न विधेयक आवश्यक रहेको र सरकारले विधेयक ल्याएर ठिक गरेको गौतमको भनाइ थियो। 

तर, विधेयकका केही व्यवस्थालाई भने 'थोरै' सच्याउनुपर्ने उनको भनाइ छ। ‘हाम्रो देशमा वैवाहिक अंगिकृत नागरिकताको सम्बन्धमा अहिले जे व्यवस्था आएको छ, त्यो व्यवस्था थोरै केही कुराहरु सच्याउनुपर्छ,’ उनले भने, ‘नागरिकता परित्याग गर्नको निम्ति प्रक्रिया शुरु गरेको सम्बन्धित निकायबाट कुनै प्रमाणपत्र लिएर आउनुपर्छ। मैले त्यो प्रक्रिया सुरु गरेको छु भनेर भन्ने मात्रै होइन।’ 

विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव माथिको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको गृहमन्त्री खाणले जवाफ दिएका थिए। जवाफका क्रममा गृहमन्त्री खाणले विधेयक कसैको आग्रह वा दबाबमा नभइ नागरिकताविहीन नागरिकहरुलाई सम्वोधन गर्न ल्याएको दाबी गरे। 

गृहमन्त्री खाणले नागरिकता ऐनपनि आवश्यकताअनुसार परिस्कृत हुने भन्दै नेपाली नागरिकलाई व्यवस्थित गरेर दिनको लागि संशोधित ऐन ल्याइएको जिकिर गरे। ‘संविधान अनुकुल नै विधेयक ल्याइएको छ। नागरिकता ऐन पनि आवश्यकताअनुसार परिस्कृत हुँदै जाने नै छ,’ गृहमन्त्री खाणले भने। 

विचार गरियोस् भन्ने प्रस्तावमा छलफल सकिएपछि सोमबारकै बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव गरियोस् भन्ने प्रस्ताव पेस भएको थियो। उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको छ। 

उक्त विधेयकमाथि संशोधन राख्न चाहने सांसदहरुले राष्ट्रिय सभा नियमावली २०७५ को नियम १०६ बमोजिम राष्ट्रिय सभा अन्तर्गतको विधेयक शाखामा संशोधन प्रस्ताव दर्ता गराउन सक्नेछन्। राष्ट्रिय सभाको अर्को बैठक २०७९ साउन १२ गते बिहीबार बिहान ११ बजे बस्ने छ। 

प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  १८:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री नगएपछि राज्यव्यवस्था समितिको बैठक स्थगित
बिपी राजमार्ग फेरि बन्द
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
सम्बन्धित सामग्री
प्रधानमन्त्री नगएपछि राज्यव्यवस्था समितिको बैठक स्थगित समितिको कार्यक्षेत्र पर्ने मन्त्रालय (गृह र रक्षा)  मन्त्रालय सम्हालेका प्रधानमन्त्री आउन नसक्ने भएपछि बैठक स्थगन गरेको समितिका सचिव... सोमबार, वैशाख २१, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केही बेरअघि सुरु भएको हो । सोमबार, वैशाख २१, २०८३
रास्वपाले ल्यायो स्थानीय चुनावका लागि उम्मेदवार छान्ने नयाँ रूपरेखा (पूर्णपाठ) सभामुख अर्यालले सत्तारुढ र विपक्षी दलका सचेतकलाई बैठकमा बोलाइएको उनको सचिवालयले जनाएको छ। सोमबार, वैशाख २१, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्री नगएपछि राज्यव्यवस्था समितिको बैठक स्थगित सोमबार, वैशाख २१, २०८३
बिपी राजमार्ग फेरि बन्द सोमबार, वैशाख २१, २०८३
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो सोमबार, वैशाख २१, २०८३
गृहसचिव श्रेष्ठद्वारा महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न प्रदान सोमबार, वैशाख २१, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
लिपुलेक मार्गबारे भारतको प्रतिक्रिया: ‘१९५४ देखि प्रयोगमा रहेको पुरानो मार्ग’ सोमबार, वैशाख २१, २०८३
रवि लामिछानेले भने : ‘अध्यादेश फिर्ता गरिएको विषयमा पूर्ण जानकारी लिएपछि मात्र धारणा सार्वजनिक गर्छु’ आइतबार, वैशाख २०, २०८३
धोबी खोला किनारको सार्वजनिक जग्गामा बनेको ८ तले भवनमा डोजर आइतबार, वैशाख २०, २०८३
रास्वपा सचिवालय सदस्य सागर ढकालले लिए पद तथा गोपनीयताको शपथ आइतबार, वैशाख २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्